शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

राम्दी महायज्ञको आयव्याय सार्वजनिक

राम्दी महायज्ञको आयव्याय सार्वजनिक


  • ढोरपाटन संवाददाता
  • असार ८ २०७७, सोमबार

स्याङ्जा, ८ असार– स्याङ्जा र पाल्पाको सिमानामा रहेको धार्मिक स्थल राम्दीमा ९ वर्ष पहिले गरिएको महायज्ञको आयव्याय आईतबार सार्वजनीक गरिएको छ । २०६८ साल कार्तिक १८ गतेदेखि २५ गतेसम्म संञ्चालन गरिएको महायज्ञ तथा धार्मिक पर्यटन महोत्सवमा संकलन रकम लामो समयसम्म पनि सार्वजनीक नगरिएको भन्दै गल्याङ नगरपालिका–११ का नारायण प्रसाद अधिकारी र गल्याङ–९ का बोधराज भण्डालरीले पत्रकार सम्मेलनको आयोजना गरेर हिसाव सार्वजनिक गर्न माग गरेका थिए ।
महायज्ञको आयव्यय सार्वजनिक नगरेको भन्दै चौतर्फी आलोचना भएपछि । आयोजकले पत्रकार सम्मेलन गरी आयव्याय सार्वजनिक गरेको हो । महायज्ञ आयोजक समितिका कोषाध्यक्ष श्यामप्रसाद बस्यालले महायज्ञमा १ करोड ७५ लाख संकलन गरिएको र ५१ लाख खर्च भएको जानकारी दिए । बस्यालका अनुसार, महायज्ञको अवधिभरमा ५९ लाख मात्रै नगद उठेको र १ करोड २४ लाख उठन बाँकी रहेको र ७ लाख बैंकमा रहेको छ ।
तत्कालिन महायज्ञ मुल आयोजक समितिका अध्यक्ष दिलिप प्रताप खाँणले महायज्ञ सकिएलगतै हिसाब सार्वजनिक गरिएको भए पनि बुझाइमा फरक पर्न गएकोले पुनः पत्रकार सम्मेलनको आयोजना गरिएको बताउदै महायज्ञमा खर्च धेरै भएपनि आफुहरुले कुनै पनि अनियमितत नगरेको र अडिट गरेर समितिलाई सबै खातापाता बुजाएको बताए ।
रामनदी धामको विकासको लागि गुरुयोजना तयार गरी व्यवस्थित सवदाहा गर्ने स्थल, नुवाउने घाट, आर्युवेदिक औषधालय, पुस्तकालय, पुष्पबाटिका, गौशाला, दिनदुखीको र साधु सन्तहरुको अन्न क्षेत्र निर्माण गरिने उद्देश्य राखेर महायज्ञ आयोजना गरिएको थियो । महायज्ञ आयोजक समितिले ११ लाखमा नयाँ गौशाला निर्माण गरेको र पुरानो गौशालालाई मर्मत गरेर धर्मशाला निर्माण गरिएको जनाएको छ ।
स्थानीय दानदाता भने महायज्ञमा धेरै कुरा भनिए पनि काम नभएको भन्दै वडा कार्यालयहुदै नगरपालिकाको न्यायीक समितिसम्म महायज्ञमा संकलित रकम निर्माण कोषमा दाखिला गर्नुपर्ने माग गर्दै निबेदन दिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->