काठमाडौं, ८ असार– पछिल्लो २४ घण्टामा थप ५ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, रसुवाबाहेक सबै जिल्लामा कोरोना संक्रमण फैलिएको छ । पछिल्लो पटक ओखलढुंगाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सोमबार पाल्पाका ९०, कैलालीका ५८ जना, गुल्मीका ५५, सर्लाहीका ४७, रौतहटका ३४, स्याङ्जाका ३३, प्युठानका ३०, सिराहाका २३, नवलपुरका १६, डडेलधुरा र सप्तरीका १५÷१५ जना, बैतडीका १४, दाङका १३, मोरङ र रुपन्देहीका १२÷१२ जना, तनहुँका ११ र धनुषाका १० जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, अर्घाखाँचीका ९ जना, नवलपुरका ८, डोटीका ७, नवलपरासी र चितवनका ५÷५ जना, झापाका ३, अछाम र सिन्धुपाल्चोकका २÷२ जना, महोत्तरी, गुल्मी, जाजरकोट र ओखलढुंगाका एक÷एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । यससँगै नेपालमा कुल संक्रमितको संख्या ९ हजार ५ स य ६१ पुगेको छ । उनीहरूमध्ये २३ जनाको मृत्यु भएको छ भने २१ सय ४२ कोरोना जितेर घर फर्किएका छन् ।





