शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

४६३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १२७७२ पुग्यो

४६३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १२७७२ पुग्यो


  • ढोरपाटन संवाददाता
  • असार १४ २०७७, आइतबार
काठमाडौं, १४ असार – नेपालमा कोरोना भाइरस (कोभिड-९) संक्रमिततको संख्या १२ हजार सात सय ७२ पुगेको छ । आइतबार मात्र ४६३ जनाको रिपोर्ट पोजिटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबार  नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १२ हजार सात सय ७२ पुगेको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट  चार हजार नौ सय ६२  र आरडीटी दुई हजार सात सय ३२ जनाको नमुना परीक्षण गरिएको छ । अहिलेसम्म क्वारेन्टाइन ६१ हजार ७ सय ३१  र  आइसोलेसन ९ हजार सात सय ३१ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना जित्नेको संख्या १८९ रहेको छ । डिस्चार्ज हुनेको कुल संख्या तीन हजार १३ पुगेको छ ।
मन्त्रालयका अनुसार आइतबार कोरोना संक्रमण पुष्टि भएका ४६३ जनामध्ये १०५ महिला र ३५८ पुरुष छन् । कुल संक्रमितमध्ये १४ सय ७४ महिला र ११ हजार दुई सय ९८ पुरुष रहेका छन् । प्रवक्ता गौतमका अनुसार अहिलेसम्म पीसीआर विधिबाट दुई लाख १५ हजार आठ सय ३९ र आरडीटी विधिबाट दुई लाख ९६ हजार सात सय ६६ जनाको नमुना परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->