मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

अबैध सालको काठसहित दुई पक्राउ

अबैध सालको काठसहित दुई पक्राउ


  • ढोरपाटन संवाददाता
  • असार १४ २०७७, आइतबार

स्याङ्जा, १४ असार– जिल्लाको चापाकोट नगरपालिका–२ का ३७ वर्षिय शिव प्रसाद रेग्मीलाई प्रहरीले अबैध सालको काठसहित पक्राउ गरेको छ । चापाकोट–८ क्वामीमा रहेको टोपलाल न्यौपानेको फर्निचर उद्योगमा अबैध सालको काठ राखेको भन्ने सुचनाको आधारमा गएको प्रहरीको टोलीले चापाकोटका शिब प्रसाद अधिकारीले चिरानको लागि ल्याएको ४४ थान सालको गोलियासहित फर्निचर संञ्चालक टोपलाल न्यौपाने र काठ ल्याउने व्याक्ति शिब प्रसाद रेग्मीलाई शुक्रबार पक्राउ गरि आइतबार बन डिभिजन कार्यालय स्याङ्जामा बुझाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।
यसैगरी, चापाकोट नगरपालिका–२ का मोहन भन्ने ४० वर्षीय टिकाराम श्रेष्ठले आफ्नै घरमा बिना इजाजतका सालका गोलिया ल्याएर राखेको भन्ने सुचनाका आधारमा शनिबार गएको प्रहरीको टोलीले अबैध सालका काठ बरामद गरि सव बन डिभिजन कार्यालय चापाकोटमा आइतबार आवश्यक कारबाहीका लागि बुझाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->