शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गलकोटका १५ जना कोरोना जितेर घर फर्किए

गलकोटका १५ जना कोरोना जितेर घर फर्किए


  • ढोरपाटन संवाददाता
  • असार १६ २०७७, मंगलबार

बागलुङ, १६ असार– गलकोट नगरपालिकाको नरेठाँटी स्वास्थ्य चौकीको प्रि–आईसोलेसनमा उपचाररत १५ जना कोरोना निको भएर घर फर्किएका छन् । उनीहरुको दोस्रोपटक लिईएको थ्रोट स्वाव नमुनाको नतिजा नेगेटिभ आएपछि मंगलबार घर पठाईएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
सोमबार साँझ नेगेटिभ नतिजा आएका उनीहरुलाई मंगलबार मात्रै आईसोलेसनबाट घर पठाईएको हो । एक साता होम क्वारेन्टाईनमा बस्ने मन्जुरी नामा गरेर उनीहरु घर फर्किएको गलकोट नगरपालिकाले जनाएको छ ।
भारतबाट आएर क्वारेन्टाईनमा बसेका उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै जिल्लामा कोरोना जितेर घर फर्किनेहरुको संख्या ३९ पुगेको छ । २४ जना यसअघिनै उपचारपछि घर फर्किसकेका छन् । जिल्लाभर १ सय ९४ जना संक्रमितमध्ये बिभिन्न आईसोलेसनमा १ सय ५५ जनाको उपचार भैरहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए । उपचारमा रहेकामध्ये ७९ जनाको दोस्रो पटकको थ्रोट स्वाव जाँचका लागि पठाईएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->