शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा एकैदिन ६८ जनाले कोरोना जितेर घर फर्किदै

बागलुङमा एकैदिन ६८ जनाले कोरोना जितेर घर फर्किदै


  • ढोरपाटन संवाददाता
  • असार १६ २०७७, मंगलबार

बागलुङ, १६ असार– बागलुङमा एकैदिन ६८ जनाले कोरोना जितेका छन् । संक्रमण पुष्टि भएर बिभिन्न आईसोलेसनमा रहेका उनीहरुको दोस्रो पटक गरिएको जाँचका क्रममा कोरोना संक्रमण नरहेको पुष्टि भएपछि मंगलबार आईसोलेसनबाट डिस्चार्ज भएका हुन् ।
धौलागिरी अस्पतालको आईसोलेसन र धौलागिरी बहुमुखी क्याम्पसको प्रि–आईसोलेसनमा उपचार गराईरहेका ५३ जना डिस्चार्ज भएका हुन् ।
सोमबारनै रिपोर्ट नेगेटिभ आएका गलकोटको नरेठाँटी स्वास्थ्य चौकी आईसोलेसनका १५ जना पनि मंगलबार मात्रै डिस्चार्ज भएका छन् ।
गण्डकी प्रादेशिक प्रयोगशाला पोखरामा गरिएको दोस्रो पटकको कोरोना परीक्षणका क्रममा उनीहरुको नतिजा नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको हो । दुवै आईसोलेसनमा रहेका ७९ जना संक्रमितमध्ये ५३ जनाको रिपोर्ट नेगेटिभ आएको हो । बाँकी सबैको रिपोर्ट आउन बाँकी रहेको अस्पतालका प्रमुख डा. शैलेन्द्र बिक पोखरेलले बताए ।


उनीहरुमध्ये काठेखोला गाउँपालिकाका १२, बागलुङ नगरपालिकाका ११, गलकोट नगरपालिकाका ९, ताराखोला गाउँपालिकाका ७ बरेङ गाउँपालिकाका ६, बडिगाड गाउँपालिकाका ४, जैमिनी र ढोरपाटन नगरपालिकाका २/२ जना रहेका छन् ।
यसअघि, जिल्लाकै गलकोट नगरपालिका–२ नरेठाँटी आईसोलेसनमा रहेका १५ जना पनि मंगलबारनै घर फर्किएका छन् । उनीहरुको सोमबार साँझनै कोरोना जाँचको रिपोर्ट नेगेटिभ आएको थियो ।
डिस्चार्ज भएका सबैलाई एक साता होम क्वारेन्टाइनमा बस्ने मन्जुरीसहित घर पठाईएको डा. पोखरेलले बताए । सदरमुकाममा रहेको अस्पताल र क्याम्पसमा रहेकाहरुलाई भने मंगलबार डिस्चार्ज गरिएको भएपनि टाढाका पालिकाहरुले बुधबार मात्रै घर पुग्ने व्यवस्था गर्ने भएका छन् । सवारीको व्यवस्थापन र दुरीसमेत टाढा रहेकाले रातको समयमा उनीहरुलाई घर पु¥याउन कठिन हुने स्थानीय तहले जनाएका छन् ।
जिल्लाभर रहेका संक्रमितमध्ये यसअघि २४ जना निको भएर घर फर्किएका छन् । १ सय ९४ जना संक्रमितमध्ये बाँकी १ सय २ जनाको बिभिन्न आईसोलेसनमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->