आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

अमेरिकालाई उत्तर कोरियाको जवाफ : वार्ता गर्न जरुरी छैन

अमेरिकालाई उत्तर कोरियाको जवाफ : वार्ता गर्न जरुरी छैन


  • Dhorpatan News
  • असार २० २०७७, शनिबार

सोल, २० असार – उत्तर कोरियाले अमेरिकासँग वार्ता गर्न जरुरी नभएको बताएको छ । प्योङयाङका उच्च कूटनीतिज्ञले शनिबार यस्तो बताएका हुन् । दक्षिण कोरियाले उत्तरसँग सम्बन्ध सुधार्न चाहेको धारणा सार्वजनिक गरेको केही दिनमै उत्तरबाट यस्तो प्रतिक्रिया आएको हो । उत्तर कोरियाली उपविदेशमन्त्री चोए सोन हुइले शनिबार विज्ञप्ति जारी गर्दै अमेरिकासँग वार्ता गर्नुपर्ने आफूहरुलाई महसुश नभएको जनाएका हुन् ।
यसअघि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग आगामी अक्टोबरमा वार्ताका लागि आग्रह गर्ने बताएका थिए । जवाफ स्वरुप उत्तरका अधिकारीले अमेरिकासँग वर्तामा बस्ने महसुश नभएको बताएका हुन् ।
२०१९ मा भियतनामको हनोइमा ट्रम्प र किमबीच भेटवार्ता भएको थियो । तर उक्त वार्ताका शर्तहरु दुबै देशबाट उल्लंघन भएपछि अर्को चरणको वार्ताको वातावरण बन्न सकेको छैन । अमेरिका र उत्तर कोरियाबारे जानकार विज्ञहरु भने ट्रम्प र किमबीच वार्ताले अमेरिकामा आगामी नोभेम्बरमा हुने निर्वाचनको परिणाम प्रभावित हुनसक्ने तर्क गर्छन् । तर यस्तै अवस्थामा अमेरिका र उत्तर कोरियाबीच अर्को चरणको वार्ता अघि बढ्नसक्ने सम्भावना नदेखिएको अन्तर्राष्ट्रिय मिडियाको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->