सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पूर्वसभामूख रानाभाटलाई मातृशोक

पूर्वसभामूख रानाभाटलाई मातृशोक


  • ढोरपाटन संवाददाता
  • असार २३ २०७७, मंगलबार

पाेखरा ,२३ असार-पूर्वसभामूख एवं नेपाली कांग्रेसका नेता तारानाथ रानाभाटलाई मातृशोक परेको छ । माता खिमकुमारी रानाभाटको मंगलबार बिहान ८.५५ बजे पोखरा– २६ मा रहेको आफ्नै निवासमा निधन भएको उनका अर्का सुपुत्र तथा नेपाली कांग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाटले जानकारी दिए । आमा खिमकुमारी लामो समयदेखि अस्वस्थ थिइन् । १९७७ असोज महिनाको विजयादशमीका दिन जन्मेकी खिमकुमारीले प्रजातन्त्र सेनानीस्वर्गीय नारायणदत्त रानाभाटकी धर्मपत्नी तथा नेता छोराहरुको आमा भएर लोकतान्त्रिक आन्दोलनमा ठूलो योगदान गरेकी छिन् । पतिदेखि छोराहरुसमेत पटक–पकट जेल पर्दा उनले नै परिवार सम्हालेकी थिइन् । उनका तारानाथ रानाभाट, खिलेन्द्र रानाभाट, देवेन्द्र रानाभाट र सुरेन्द्र रानाभाटसहित दुई छोरी खिमादेवी रानाभाट र शोभाकुमारी रहेका छन् । स्वर्गीय रानाभाटको मंगबार दिउसो २ः३० बजे निवासबाट शवयात्रासहित पोखराको रामघाटमा अत्येष्टि गरिँदैछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->