सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कोरोना संक्रमणको शिकार श्रमजिवी पत्रकार

कोरोना संक्रमणको शिकार श्रमजिवी पत्रकार

नेपाल पत्रकार महासंघ बागलुङ शाखाको २० औं स्थापना दिवश


  • ढोरपाटन संवाददाता
  • असार २५ २०७७, बिहिबार

बागलुङ, २५ असार– कोरोना भाइरसको संक्रमणपछि खस्केको व्यवसाय र बिज्ञापन बजारबाट पहिलो शिकार नेपालका पत्रकार भएको एक कार्यक्रममा सहभागीले बताएका छन् ।
नेपाल पत्रकार महासंघ बागलुङले आफ्नो २० औं स्थापना दिवशको अबसरमा आयोजना गरेको अन्तरक्रियामा सहभागीले सशष्त्र द्वन्द्व, नाकाबन्दीजस्ता समस्यामा डटेर काम गरेका पत्रकार कोरोनाबिरुद्ध पनि लाग्नुपर्ने बताए । कोरोना संक्रमणबिरुद्ध पनि पहिलो लाइनमै बसेर काम गरिरहे पनि संचालकहरुको मानसिकताका कारण पत्रकार निकालिनु परेको समेत सहभागिले बताए ।
सशक्त पत्रकारकै कारण देशको भ्रष्टाचारका घटना बाहिर आउनेदेखि क्वारेन्टाइन, आइसोलेसन र आम जनताको समस्याबारे समाचार आइरहेको सहभागीको निष्कर्ष थियो । संचारमाध्यम र पत्रकार नभएको समाज कल्पना गर्दा अबको युग अपुरो हुने भन्दै उनीहरुले राज्य पनि पत्रकारिता बचाउन गम्भिर बन्नुपर्ने सुझाव समेत दिए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले राज्य र स्थानीय तहले बिज्ञापनलगायतको नाउँमा संचारगृहमा भुक्तानी दिइरहेको बताए । ‘हामीले भुक्तानी दिइरहेका छौं, तर मिडिया संचालकहरु कतै श्रमजिवीप्रति अनुत्तरदायी भएकी ?’ पौडेलले भने, ‘श्रमजिबीले नियमित तलब पाउने र सहजै काम गर्ने वातावरण मिल्ने अबस्था सिर्जना गर्न महासंघले पनि भूमिका खेल्नुपर्छ ।’
पत्रकारहरुमा एकता नभएर पनि कतिपय पत्रकारको रोजीरोटीमा समस्या भएको उनले टिप्पणी गरे । राज्यबाट आशा र अपेक्षा गर्नु स्वभाबिक भएपनि कठिन अबस्थामा संचालकले जगेडा कोष बनाउन नसकेको हो वा पत्रकार निकाल्ने बाहनाबाजी हो भन्ने प्रश्न पनि गरे ।
उक्त अबसरमा प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले पत्रकारिताको कारण आम नागरिक सूचित हुने मौका पाएकोले संकटको बेला पत्रकारले अझै संयम भएर काम गर्नुपर्ने बताए । उनले प्रेसको बिकासमा साथ दिने आश्वासन दिए । तर उनी अध्यक्ष भएको जिल्ला कमाण्ड पोष्टले समयमा सूचना दिन नसकेको पत्रकारहरुकै गुनासो बढेको छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरिषको अध्यक्षता, सचिव राम थापाको संचालन र सह–सचिव सुबास आचार्यको स्वागतमा सम्पन्न कार्यक्रममा नेकपाका सचिव ज्ञामनाथ गैरे, कांग्रेस सचिव नवराज पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष अमर थापा, अन्तरपार्टी महिला संजालकी अध्यक्ष मञ्जु क्षेत्री, जनता समाजवादी पार्टीका अध्यक्ष यामबहादुर घर्ती, बागलुङ उद्योग बाणिज्य संघका थानेश्वर सुवेदी, नागरिक अगुवा काजी गाउँले श्रेष्ठ, उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, पूर्व अध्यक्षहरु राजेशचन्द्र राजभण्डारी, रामबहादुर जिसी, मुकेशचन्द्र राजभण्डारी लागयतले बोलेका थिए ।
उनीहरुले संकटको बेला श्रमजिवी पत्रकारहरुको पेशाबाट हात धुने अबस्था आउनु दुःखदायी भएको बताए । साथै संकटमा पहिलो पंक्तीमा बसेर काम गरेकाहरुको सुरक्षाप्रति राज्य र स्थानीय तहपनि जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले संकटको बेला समयमा सूचना प्रवाह गर्न जिल्ला कमाण्ड पोष्ट असफल भएको आरोप पनि लगाए । ‘कमाण्ड पोष्ट अहिले क्वारेन्टाइनमा बसेझै भएको छ’ राजभण्डारीले भने, ‘यस्तै हो भने आइसोलेसन पठाए हुन्छ, सूचना सही र समयमा दिने प्रशासनको खाँचो छ ।’
२०५७ साल असार २५ गते बागलुङ शाखा स्थापना भएको थियो । २० बर्षको अबधिमा महासंघले आफ्नै भवन बनाएको छ । झण्डै एक करोड लागतमा बनेको भवनमा हाल सम्मको भौतिक र आर्थिक प्रगती बारे कोषाध्यक्ष बिजय रानाले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->