सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

८६ केजी गाँजा जलाएर नष्ट

८६ केजी गाँजा जलाएर नष्ट


  • ढोरपाटन संवाददाता
  • असार २६ २०७७, शुक्रबार

बागलुङ, २६ असार– साताअघि बरामद भएको ८६ केजी गाँजा प्रहरीले शुक्रवार जलाएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले पत्रकार र सरोकारवालाको रोहबरमा उक्त गाँजा जलाएको हो ।
निसीखोला गाउ“पालिका वडा नं. ६ का अध्यक्ष सूर्यबहादुर घर्तीको घरबाट साता अघि उक्त परिणामको गा“जा बरामद भएको थियो । उक्त घटनामा घर्ती सहित बुर्तिवाङका व्यवसायीपनि पक्राउ परेका थिए । अहिले उनीहरु प्रहरी हिरासतमा छन् ।
बुर्तिवाङ बजारमा गा“जा खाने युवालाइ पक्राउ गर्ने क्रममा सप्लाई गर्ने व्यक्तिको खोजी गर्ने क्रममा घर्ती सम्म प्रहरी पुगेको र बिक्रीका लागि राखिएको ८६ केजी गाँजा भेटिएको थियो । घर्तीले भने लागूपदार्थ बनाएर बेच्न नभइ घरबारीमा उम्रेको गा“जा मल बनाएर बोरामा हालेको दाबी गरेका थिए । घर्तीबिरुद्ध प्रहरीले जिल्ला अदालतमा मुद्दा चलाएको छ ।
बागलुङबाट गाँजासहित अबैध लागूपदार्थहरु ओसारपसार गरेको आरोपमा मानिसहरु पक्राउ पर्ने गरेका थिए । उनीहरुले नाम नबताएपछि मुख्य योजनाकार, बिक्रीकर्ता र खरिदकर्ता सम्म प्रहरी पुग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->