शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कालीगण्डकी नदीमा बाढी, विश्वकै ठूलो शिला शालीग्राम डुब्यो

कालीगण्डकी नदीमा बाढी, विश्वकै ठूलो शिला शालीग्राम डुब्यो


  • ढोरपाटन संवाददाता
  • असार २७ २०७७, शनिबार

स्याङजा, २७ असार – अविरल वर्षाका कारण कालीगण्डकी नदीको बहाब बढेपछि विश्वकै ठूलो शिला शालीग्राम डुबानमा परेको छ । पर्वत, स्याङजा र गुल्मीको संगमस्थल स्याङजाको गल्याङ नगरपालिका वडा नं. ५ सेतीवेणीमा रहेको शिला शालीग्राम डुबानमा परेको हो । शिला संरक्षणका लागि बनाएको तटबन्ध समेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधारमा पनि पूर्णरुपमा क्षति पुगेको स्थानीय रेशमराज न्यौपानेले बताए । पानीको सतह बढेर बजारसँग जोडिएको संस्कृति विद्यालय र मन्दिरसम्म आइपुगेको छ । कालिगण्डकी नदी किनारमा भएको सेतिबेणी बजारसमेत डुबानको उच्च जोखिममा छ । अहिले पानीको सतह कम भएको तर खतरा भने रहिरहेकाले स्थानीयलाइ सुरक्षा अपनाउन भनिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए ।
‘सेतीबेणी बजार भन्दा ७ किलाेमिटर तल रहेको कालिगण्डकी जलविद्युत परियोजनाको ड्याम साइडको बाँधको ढोका पनि खोलिएको छ’, क्षेत्रीले भने, ‘ढोका नखोलेर डुबानमा परेको हो भन्ने मानिसहरुको बुझाइ छ त्यसो होइन, अहिले नदीमा पानीको सतह नै बढि छ ।’ बर्सेनी सेतीवेणीका नागरिकहरु जोखिममा पर्दा समेत संरक्षणका लागि उचित ध्यान कुनै निकायबाट पनि पुग्न नसकेको भन्दै स्थानीय आक्रोशित बनेका छन् । पानी पर्न थालेपछि नै डुवाउन सक्छ की भन्ने चिन्ताले रातभर जाग्राम बस्नुपरेको स्थानीय शिक्षक अशोकसिंह पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->