सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

देशभरका एक सयमध्ये गण्डकीका आठ नमुना विद्यालय

देशभरका एक सयमध्ये गण्डकीका आठ नमुना विद्यालय


  • ढोरपाटन संवाददाता
  • साउन १ २०७७, बिहिबार

बागलुङ, १ साउन– नेपाल सरकारले देशभरबाट एक सय वटा नमुना विद्यालय छनोट गरेको छ । बिभिन्न मापदण्डका आधारमा छानौट भएका सामुदायीक विद्यालय मध्ये गण्डकीका ८ विद्यालय छनौटमा परेका छन् । बागलुङ, तनहुँ, स्याङ्जा, पर्वत, नवलपुर र मनाङका विद्यालयहरु नमुना विद्यालयमा छनौट भएका छन् । विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले बुधबार देशभरका एक सय विद्यालयलाई नमुना विकासका लागि छनोट गरेको हो । शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गतको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बुधबार बसेको मन्त्रीस्तरीय बैठकले विद्यालयहरु छनोट गर्ने निर्णय गरेको हो । गण्डकीमा छनौटमा पर्ने विद्यालयहरुमा गणेश मावि र नेपाल मावि बागलुङ जनज्योती मावि र पवित्रा मावि तनहुँ, वहाकी मावि पर्वत, त्रिभुवन मावि नवलपुर, भाग्योदय मावि स्याङ्जा र प्रकाशज्योती मावि मनाङ रहेका छन् । ‘प्रस्तुत विषयमा यस केन्द्रबाट आर्थिक वर्ष २०७६÷०७७ मा विगतमा नमुना विकासका लागि विद्यालयहरू छनोट नभएका स्थानीय तहअन्तर्गत १०० वटा विद्यालयहरू नमुना विकासका लागि छनोट गर्न मिति २०७६ असोज १६ गतेको गोरखापत्रमा सूचना प्रकाशन गरी आह्वान गरिएअनुसार आवेदन गरेका विद्यालयहरू मध्येबाट नमुना विद्यालय विकास एवम् सञ्चालन निर्देशिका २०७४ (पहिलो संसोधन २०७५ सहित) अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय (मन्त्रीस्तर) को मिति २०७७÷३÷३१ को निर्णय अुसार देहाय बमोजिमको विद्यालयहरू छनोट भएको ब्यहोरा निर्देशानुसार अनुरोध छ’ केन्द्रको विज्ञप्तिमा भनिएको छ । विद्यालय क्षेत्र विकास योजनाअनुसार सबै स्थानीय तहमा क्रमशः विद्यालय विकास गर्ने लक्ष्य रहेको पनि केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->