शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

६६ प्रतिशत कोरोना संक्रमित निको भए : स्वास्थ्य मन्त्रालय

६६ प्रतिशत कोरोना संक्रमित निको भए : स्वास्थ्य मन्त्रालय


  • ढोरपाटन संवाददाता
  • साउन ३ २०७७, शनिबार

काठमाडौ, ३ साउन – नेपालका ६६ दशमलव १२ कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले हालसम्म ११ हजार ६ सय ३६ जना संक्रमित निको भएको जानकारी दिएका छन् ।
यस्तै, पछिल्लो २४ घन्टामा १ सय ३ जना निको भएको गौतमले बताए । मुलुकभरका क्‍वारेन्टाइनमा २३ हजार २ सय ७५ र आइसोलेसन ५ हजार ८ सय २५ जना रहेको उनले बताएका छन् । शनिबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५ सय २ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->