सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सचिवालय बैठक सकिनेवित्तिकै ओली र प्रचण्ड किन गए शीतलनिवास ?

सचिवालय बैठक सकिनेवित्तिकै ओली र प्रचण्ड किन गए शीतलनिवास ?


  • ढोरपाटन संवाददाता
  • साउन ३ २०७७, शनिबार

काठमाडौं, ३ साउन – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिनेवित्तिकै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवासतर्फ लागेका छन् । अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँगै अर्का अध्यक्ष प्रचण्ड पनि शीतलनिवासतर्फ लागेको स्रोतले बतायो । पार्टी विवाद सुल्झाउने महत्वपूर्ण निर्णय हुँदा ओली र दाहाल एकैसाथ राष्ट्रपतिकहाँ जाने गरेको विगत छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा करिब साढे ४ घण्टासम्म सत्तारुढ नेकपाको सचिवलाय बैठक बसेको थियो ।
बैठकमा पार्टीमा देखिएको संकट समाधानका लागि भइरहेको छलफललाई जारी राख्ने सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई जानकारी दिए । उनले भने, ‘पार्टीको आन्तरिक संकटलाई सहमतिका आधारमा कसरी सम्बोधन गर्ने भन्नेबारे दुई अध्यक्ष र अरु नेताहरुले गृहकार्य गरिरहेको भन्दै उनले भने, सचिवालयले पार्टीको संकट निवारण गर्न अझै छलफल गर्ने निर्णय भएको छ ।’  उनका अनुसार भोलि ३ बजे स्थायी कमिटीको पूर्वनिर्धारित बैठक कायमै छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->