सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

अब जनप्रतिनिधिका छोराछोरी पनि सामुदायीक विद्यालयमा

अब जनप्रतिनिधिका छोराछोरी पनि सामुदायीक विद्यालयमा


  • ढोरपाटन संवाददाता
  • साउन ४ २०७७, आइतबार

बागलुङ, ४ साउन– सामुदायीक विद्यालयको शैक्षिक सुधार अभियान चलाईरहेको बागलुङको बरेङ गाउँपालिकाले राज्यको स्रोत उपयोग गर्ने जो–कोहीका छोराछोरी सामुदायीक विद्यालयमा अध्ययन गर्नुपर्ने नीति बनाएको छ । चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम कार्यान्वयन थाल्दै गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीले अनिवार्य रुपमा सामुदायीक विद्यालयमा अध्ययन गर्नुपर्ने व्यवस्था गरेको हो । गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी, राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि तथा राज्यको श्रोतबाट पारिश्रमिक लिने सम्पूर्ण पदाधिकारीका छोराछोरीहरुलाई सामुदायीकमा भर्ना गर्ने नीति अनिवार्य गरिने उल्लेख गरेको छ ।
गाउँपालिकाले ३५ विद्यालयलाई पत्राचार गर्दै नीतिमा उल्लेख भएका राज्यको स्रोत प्रयोग गर्ने सबैका छोराछोरीको पठनपाठन सामुदायीकमा गर्ने वातावरण मिलाउन भनिएको शिक्षा शाखाका प्रमुख सूर्य चालिसेले बताए । शिक्षा शाखाले निजी तथा आवासिय विद्यालयमा अध्ययन गरिरहेका जनप्रतिनिधि र कर्मचारीका छोराछोरीको तथ्यांक संकलनको काम पनि थालेको छ । वडा तहमा तथ्यांक संकलन गरेर गाउँपालिकामा पठाउन पत्राचार गरिएको छ । ‘पहिले तथ्यांक निकाल्छौं र गाउँकार्यपालिमा छलफल गराउँछौं’ चालिसेले भने ‘नीति बनेको छ कार्यान्वयन गराउनु हाम्रो दायित्व हो, आँफैले गरेको निर्णयबाट कोही पनि भाग्न मिल्दैन् ।’
निजी विद्यालयले चर्को शुल्क उठाउने गरेको गुनासो बढिरहेको समयमा बरेङ गाउँसभाले गरेको निर्णयलाई स्थानीयले स्वागत गरेका छन् । गाउँसभाले बनाएको नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउनको लागि गाउँपालिकाले ९१ लाख ७० हजार रुपैयाँ विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->