सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बैठक स्थगित भएको छैन, हामी बैठक कक्षमा छौं : प्रवक्ता श्रेष्ठ

बैठक स्थगित भएको छैन, हामी बैठक कक्षमा छौं : प्रवक्ता श्रेष्ठ


  • ढोरपाटन संवाददाता
  • साउन १३ २०७७, मंगलबार

काठमाडौ, १३ साउन – सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक स्थगित नभएको नेताहरुले बताएका छन् । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी रुपमा बैठक स्थगित भएको सूचना जारी गर्न लगाएको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरु बालुवाटार पुगेका छन् । दुई अध्यक्षबीचमा सहमतिबि नै ओलीले बैठक स्थगित भएको सूचना जारी गर्न लगाएको सूचना नेताहरुले थाहा पाएपछि सचिवालय र स्थायी कमिटीका नेताहरु पनि बालुवाटार पुगेका छन् । प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक स्थगित नभएको र आफूहरु बैठक कक्षमा भएको बताए ।
‘हामी बैठक कक्षमा छौं । दुई अध्यक्षबीचको सहमतिमा आज ११ बजे बैठक बस्ने भनेर निर्णय भएको हो । त्यसलाई परिवर्तन गर्न कम्तीमा पनि दुई अध्यक्षको सहमति हुनुपर्छ । दुई अध्यक्षबीच सहमति भएको पनि हैन । त्यसकारण निर्धारित समय अनुसार हामी बैठकमा आएका छौं,’ प्रवक्ता श्रेष्ठले भने । बैठक सुचारु गरेर नियमित एजेण्डामा छलफल गर्ने तयारी अध्यक्ष दाहाल–नेपाल समूहको छ ।
यसअघि पार्टीका दुई अध्यक्षबीच छलफल बाँकी रहेकाले मंगलबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित गरिएको सूचना नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाले दिएका थिए । ‘पार्टीका दुई जना अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले पार्टी स्थायी कमिटीको आज ११ बजे हुने भनिएको बैठक स्थगित गरिएको छ,’ थापाले फेसबुकमा लेखेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->