सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

स्थायी कमिटी : ओलीले बैठक स्थगित गर्नु अनुचित भएको ठहर

स्थायी कमिटी : ओलीले बैठक स्थगित गर्नु अनुचित भएको ठहर


  • ढोरपाटन संवाददाता
  • साउन १३ २०७७, मंगलबार

काठमाडौं, १३ साउन – अध्यक्ष एवं प्रधानमन्त्रीले केपी शर्मा ओलीले एक पक्षीय रुपमा बैठक स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुमत सदस्यको सहभागितामा स्थायी समितिको बैठक राखेका छन् । सो वैठकले एकपक्षीय रुपमा बैठक स्थगित गर्नु अनुचित भएको निष्कर्ष निकालेको छ ।
२९ जना स्थायी समिति सदस्य र दुई जना आमन्त्रित सदस्य सहभागी बैठकले आजै बिहानका लागि डाकिएको बैठक स्थगित गर्ने अध्यक्ष ओलीको निर्णय विधि सम्मत नभएको ठहर गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।  ‘आजको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधि विपरित स्थगित भएको सूचना प्रशारित गर्नु उचित थिएन’, प्रवक्ता श्रेष्ठले भने, ‘यस परिस्थितितमा पार्टी एकता र विधिलाई ध्यानमा लागि अर्का अध्यक्ष ओलीसँग छलफल गर्न अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।’
त्यसैगरी पार्टी एकताको रक्षा गर्न र पार्टी विधि एवम् पद्धति अनुसार अगाडि बढाउन सबै नेता, कार्यकर्ता र सदस्यलाई आग्रह गर्ने निर्णयसमेत स्थायी समिती बैठकले गरेको छ । ‘पार्टी एकताको रक्षा गर्न, पार्टीलाई विधि र पद्धति अनुसार अगाडि बढाउन, संकटलाई सकारात्मक ढंगले निकास दिनेगरी योगदान पुर्याउन सबै नेता कार्यकर्ता र सदस्यलाई आआफ्नो ठउँबाट भूमिका खेल्न आग्रह गर्ने निर्णय भएको छ’, दोस्रो निर्णय सुनाउँदै श्रेष्ठले भने ।
बैठकमा पार्टीको सल्लाहकार परिषद्का अध्यक्ष तथा अनुशासन कमिटीका अध्यक्ष अमृत बोहोरा पनि सहभागी थिए । बैठकमा उपाध्यक्ष बामदेव गौतमले आफूले अघि सारेको ६ बुँदे प्रस्तावबारे ब्रिफिङ गरेका थिए । अध्यक्ष दाहालले बैठकअघि प्रधानमन्त्री ओलीसँग भएको कुराकानीबारे बताएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->