सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

काठमाडौं उपत्यका प्रवेश गर्ने समय अव दिउसो मात्रै

काठमाडौं उपत्यका प्रवेश गर्ने समय अव दिउसो मात्रै


  • ढोरपाटन संवाददाता
  • साउन १५ २०७७, बिहिबार

काठमाडौं, १५ साउन – गृहमन्त्रालयले बिहीबारदेखि रातको समयमा काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ । उपत्यका भित्रिने धेरै यात्रुहरुमा कोभिड १९ पोजिटिभ देखिएको भन्दै साँझ ७ देखि बिहान ७ बजेसम्म नाकामा यात्रुहरुको आवागमन पूर्ण रुपमा बन्द गराउने मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बिहीबार विज्ञप्तिमार्फत जनाएका छन् । तर अत्यावश्यक सेवा र ढुवानी भने गर्न पाइनेछ ।
उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयहरुलाई पनि अत्यावश्यक कामबाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न एवं बिनापास अन्तर जिल्ला आवागमन पूर्ण बन्द गराउन पनि सबै सुरक्षा निकायसमेत निर्देशन जारी गरिएको छ । ‘देशका विभिन्न स्थानबाट काठमाडौं आउने यात्रुहरुको उपत्यकाका नाकामा चेक गर्दा ठूलो संख्यामा कोभिड १९ पोजिटिभ पाइएकोले नाकाहरुको आवागमनमा पूर्ण निगरानीका साथ चेकजाँचको आवश्यक व्यवस्था हुन, अर्को आदेश नभएसम्मका लागि अत्यावश्यक सेवा र ढुवानीबाहेक आज मिति २०७७/४/१५ गतेदेखि लागू हुने गरी प्रत्येक दिन साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेश नाकामा यात्रुहरुको आवागमन पूर्ण रुपमा बन्द गराउन,’ विज्ञप्तिमा भनिएको छ, ‘उपत्यका बाहेकका जिल्ला प्रशासन कार्यालयहरुले पनि अत्यावश्यक काममा बाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न एवं बिनापास आवागमन पूर्ण बन्द गर्न/गराउन सबै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरुमा विशेष निर्देशन जारी गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि हार्दिक अनुरोध छ ‘

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->