स्याङ्जा, १६ साउन – वालिङ नगरपालिका– १२ जैरामेमा जीप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छभने ६ जना घाईते भएका छन् । बायेटारीबाट सिर्सेकोट मैदान गाउँ जादै गरेको ग१ज ७४७१ नम्बरको जीप बिहिबार साँझ जैरामेमा दुर्घटना हुँदा जीपका सहचालक अन्दाजी १६ वर्षीय सुदिप गुरुङको मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।
घाईते हुनेहरुमा वालिङ नगरपालिका १२ की ६५ वर्षीय तीलकुमारी थापा (सारु) ३० वर्षीय तीलकुमारी गुरुङ, ३३ वर्षीय ममता गुरुङ, २८ वर्षीय पमिता गुरुङ, ४५ वर्षीय मनमाया गुरुङ र चालक ४१ वर्षीय लिलराज गुरुङ रहेका छन् ।
घाईतेहरु मध्ये तीलकुमारी थापा (सारु), तीलकुमारी गुरुङ, मनमाया गुरुङ र चालक लिलराज गुरुङको गह्रौ प्राथमीक अस्पताल वालिङमा सामान्य उपचार पछि थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरीक्षक निरन्जन घिमिरेले जानकारी दिए । ममता गुरुङ र पमिता गुरुङको गह्रौ प्राथमीक अस्पताल वालिङमा उपचार भइरहेको छ । घाईतेहरुको हात, ढाड र छातीमा चोट लागेको छ ।
मृतक सुदिप गुरुङको लास पोष्टमाटमको लागि गह्रौ प्राथमीक अस्पताल वालिङमा राखिएको प्रहरीले जनाएको छ ।




