बागलुङ, १६ साउन – बागलुङ नगरपालिकास्थित मुलपानी माध्यमिक विद्यालयको अध्यक्षमा पिङ्गलराज गौतम निर्वाचित भएका छन । विद्यालय ब्यवस्थापन समितिको शुक्रवारको वैठकबाट निजामती सेवाबाट हालै निविर्त भएका गौतमलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको प्रधानाध्यापक चुडामणी सुवेदीले वताए ।
विद्यालय ब्यवस्थापन समितिको सदस्यमा वडाध्यक्ष खगराज पाण्डे, वद्री केसी, रेवती किसान, गीता शर्मा, शोभा किसान, सेती किसान, शिक्षक प्रतिनिधी नारायण गौतम र सदस्य सचिवमा प्रअ चुडामणी सुवेदी रहेका छन् । भेलाले शिक्षक अभिभावक संघको अध्यक्षमा गीता अधिकारीलाई चयन गरेको छ ।




