पोखरा, २० साउन– यतिबेला पोखरा क्रिकेट मैदानमा खेल गतिविधि शुन्य छ । कोरोना महामारीको कारणले कुनैपनि खेल गतिविधि नहुँदा क्रिकेट संघले सोचेअनुसारको क्रिकेट मैदान बन्ने देखिएको छ । भदौदेखि क्रिकेट एकेडेमी समेत सञ्चालनमा ल्याउने तयारी गरिरहेको कास्की जिल्ला क्रिकेट संघले लामो समयदेखि बनाउन खोजेको ग्रास पिच अब भने बन्ने देखिएको हो । विगत ५ महिने लामो लकडाउनकै कारणले संघले सोचे अनुसारको ग्रास मैदान देखिन थालेको छ । ‘हामिले पहिले पनि ग्रासपिच बनाउने प्रयास गरेका थियौ पिचमा दुबो नउम्रिँदा बनाउन सकेका थिएनौँ’, कास्की जिल्ला क्रिकेट सघका अध्यक्ष सञ्जयकान्त सिग्देलले भने ।
बारम्बार प्रतियोगिता हुदाँ रोलर लगाउनुपर्ने भएकाले समेत दुवो उमार्न निकै कठिनाइ हुँदै आएको उनले सुनाए । ‘राम्रो किसिमको दुबो उमार्न निकै समस्या भएको थियो । अन्य किसिमको घासले हुँदैन, बल मुभमेन्ट हुन पाउँदैन यो पिच भनेको उत्कृष्ट पिच हो’, अध्यक्ष सिग्देलले भने ।
पोखरा पर्यटकीय सहर भएकाले पनि पोखराको क्रिकेट मैदानमा ग्रास पिच नै हुनुपर्ने उनले बताए । ‘पोखरा प्राकृतिक सहर हो । हामीले यहाँ ग्रास पिच बनाउन पहिले नै दुवो रोपेका थियौँ तर सप्रिन पाएको थिएन अहिले राम्रो भएको छ । खेल खेल्दा निकै उत्कृट देखिन्छ दुबोको जरा पिचमा हुन्छ ,जहाँ रोलर लगाउँदा उत्कृष्ट पिच बन्छ’, उनले भने । फास्ट विकेटको रुपमा समेत रहने ग्रास पिचको लागी स्थानीय दुबो रोपिएको उनले सुनाए ।
हामी ग्रास क्रिकेट मैदान बनाउन चाहान्थ्यौँ तर प्रतियोगिताको मुखैमा आएको हुनाले हामिले सक्थेनौ । हामिले घास किन उमार्छौ भने सक्भर त ग्रास क्रिकेटनै होस भनेर हो तर ग्रास क्रिकेट नहुने खाल्को दुवो मोटो भयो भने बलको मुभमेन्टस फरक पर्छ । त्यसैले हामिले घास काटेर फाल्दिन्छौ । घासको जरा पिचमा हुनै पर्छ पिचको भित्र दुबोको जरा भए त्यो चर्किदैँन त्यसैले यो अनिवार्य हो । अझ हामि के चाहान्छौ भने त्यहि दुबोमा खेलाउन सक्ने होस फास्ट विकेट हुने हुन्छ’ सिग्देलले भने । अष्टेलिया, न्युजिल्याण्ड लगायतको मुलुकमा समेत ग्रास क्रिकेट हुने उनले सुनाए ।
राम्रो विकेट भनेकै ग्रास पिचमा हुने उनको भनाइ छ । प्रतियोगिताको समयमा भने पिच कभर गरेर पिचको मर्मत गरिने उनले बताए । ग्रास पिच निकै राम्रो मानिन्छ । पिचमा घास उमारेर प्रतियोगिताको समयमा कभर गरि रोलर लगाउँदा पिचमा दुबो पनि बस्छ जस्ले बलको मुभमेन्ट निकै राम्रो हुने गर्दछ ।




