शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

लेबनानमा शक्तिशाली विष्फोट, ७८ जनाको मृत्यु (तस्विर सहित)

लेबनानमा शक्तिशाली विष्फोट, ७८ जनाको मृत्यु (तस्विर सहित)

चार हजार भन्दा बढी घाइते


  • एजेन्सी
  • साउन २१ २०७७, बुधबार

काठमाण्डौ, २१ साउन – लेबनानको एक गोदाममा विष्फोट हुँदा ७८ जनाको मृत्यु भएको छ । विष्फोटमा परि चार हजार भन्दा बढी मानिस घाइते भएका छन् । लेवनानको राजधानी बेरुतमा विष्फोटक पदार्थले भरिएको एक गोदाममा बिस्फोट भएको बुझिएको छ । मारिनेमा बीबीसीका एक पत्रकार पनि रहेको रोयटर्सले जनाएको छ । गोदाममा २७ सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रुपमा भण्डारण गरिएको खुलासा भएको छ ।​ लेवननका राष्ट्रपति मिशेल अउनले घटना निकै निन्दनीय भएको भन्दै घटनामा संलग्न जो कोहीलाई पनि कडा कारबाही गरिने चेतावनी दिएका छन् । घटना पछी लेवननमा तीन दिने शोक घोषणा गरिएको छ । यसैबीच लेवननका प्रधानमन्त्री हसल दीबले घटना निकै गम्भीर भएको वताउदै जिम्मेवार जो कोही कानुनको भागीदार हुनुपर्ने जनाएका छन् । बिष्फोटका कारण बेरुत वरिपरिका भवनहरु पुर्ण रुपमा ध्वस्त भएका छन्। घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
अन्तराष्ट्रिय समाचार एजेन्सि शिन्हाले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका केही तस्विरहरु…

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->