शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बाँझो जमीनमा खेती गर्ने फेदीखोला गाउँपालिकाले दियो अनुदान

बाँझो जमीनमा खेती गर्ने फेदीखोला गाउँपालिकाले दियो अनुदान

३ सय २४ परिवारले लिए यस बर्ष अनुदान


  • हिमलाल पारजुली
  • साउन २४ २०७७, शनिबार

स्याङ्जा, २४ साउन– फेदीखोला गाउँपालिकाले बाँझो जमीनमा खेती गर्ने किसानलाई अनुदान वितरण गरेको छ । गाउँपालिकाले दुई वर्षदेखि बाँझो रहेको जमीनमा खेती गर्ने किसानलाई प्रति रोपनी दुई हजार रुपैयादेखि २५ सयसम्म अनुदान दिने भएपछि बाँझो रहेर झाडी बनेको जमीनमा यतीबेला खेतीबालीले हरियाली बनेको छ ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढे संगै बैदेशिक रोजगारीबाट फर्किएका एवं बजारमा बस्दै आएकाहरु गाउँघरमा फर्किएका फेदीखोला गाउँपालिकाका स्थानीयहरुले आफ्नो बाँझो रहेको जमीनको सदुपयोग गर्न थालेका हुन् ।
गाउँपालिकाले दुई वर्ष देखि बाँझो रहेको जमीनमा खेती गर्ने किसानलाई अनुदान दिने निर्णय गरेसंगै १७ सय रोपनी खेती योग्य जमीन सदुपयोगमा आएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए ।
गाउँपालिका भित्र रहेको खेती योग्य जमीनको सदुपयोग गर्दै पालिकामा खाद्यान्नको आयातलाई प्रतिस्थापन गर्ने योजना अनुसार गाउँपालिकाले बाँझो रहेको जमीनमा खेती गर्ने किसानलाई अनुदान वितरण गरेको गाउँपालिका अध्यक्ष सुवेदीको भनाई छ ।
गाउँपालिका अध्यक्ष सुवेदीले भने, “गाउँपालिका भित्र रहेको खेती योग्य जमीनलाई अधिकतम उपयोग गरेर खाद्यान्नमा पालिकालाई आत्मनिर्भर बनाउदै आयातलाई प्रतिस्थापन गर्ने उद्देश्यका साथ बाँझो जमीनमा खेती गर्ने किसानलाई अनुदान दिने कार्यक्रम संञ्चालन गरेका हौ ।”
बाँझो जमीनमा खेती लगाउने कार्यक्रम अनुसार १७ सय बाँझो जमीनमा लगाइएको खेतीले रु ६ करोड बराबरको खाद्य आयातलाई प्रतिस्थापन गर्ने गाउँपालिकाले जनाएको छ ।
बाँझो जमीनमा खेती गर्ने किसानलाई अनुदान दिने कार्यक्रम अन्तरगत गाउँपालिकाका ३ सय २४ घरपरिवार लाभान्वित भएका छन् ।
दुई वर्षदेखि बाँझो रहेको जमीनमा खेती गर्ने किसानलाई प्रतिरोपनी रु २ हजार देखि रु २५ सय रुपैँया सम्म अनुदान वितरण गरिएको गाउँपालिका अध्यक्ष सुवेदीले बताए ।
आर्थिक वर्ष २०६७÷०७७ मा रु १७ लाख ४८ हजार रुपैँया बाँझो जमीनमा खेती गर्ने किसानलाई प्रोत्साहन स्वरुप वितरण गरिएको गाउँपालिकाले जनाएको छ । बाँझो जमीनमा किसानले धान, कोदो खेतीका साथै व्यवसायिक तरकारी खेती समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->