बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखरा विश्वविद्यालयले पाएन उपकुलपति

पोखरा विश्वविद्यालयले पाएन उपकुलपति

पदाधिकारी नियुक्त नहुँदा विद्यार्थीहरुको भविष्यमाथि नै आघात पुगेको प्राध्यापक संघका अध्यक्ष पाण्डेले बताए ।


  • ढोरपाटन संवाददाता
  • साउन ३० २०७७, शुक्रबार

पोखरा, ३० साउन– पोखरा विश्वविद्यालय ११ महिनादेखि पदाधिकारीविहीन छ । लामो समयदेखि विश्वविद्यालय पदाधिकारीविहीन बन्दा प्राज्ञिक कामहरु त ठप्प छ नै चैतमा हुनेमा भनिएको बोर्ड परीक्षा पनि स्थगित हुनपुग्यो ।
विश्वविद्यालयमा तत्काल पद बहालीको माग राखेर नेपाल विद्यार्थी संघका विद्यार्थीहरु रिले अनसनमा उत्रिएका छन् । २२ दिनदेखि विश्वविद्यालयका पदाधिकारीको माग राखेर विद्यार्थीहरु अनसनमा उत्रिएका उनीहरुको अनसन कहिले टुंगिने पत्तो छैन ।
पदाधिकारीको तत्काल पदपूर्तिकोे माग राखेर अनसनमा उत्रिएका नेवि संघका विद्यार्थीमध्येका एक फिरोज सुवेदीले विश्वविद्यालयमा पदाधिकारी नियुक्तमा आलटाल गरेर हजारौं विद्यार्थीको भविष्यमाथि खेलवाड गरिएको बताए । सुवेदी नेवि संघ पोखरा विश्वविद्यालयका सभापति पनि हुन् । ‘९÷१० महिनादेखि नेतृत्वविहीन बन्दा विद्यार्थीको समग्र विश्वविद्यालयको नै के हालत भएको होला ?’, उनले भने, ‘तत्काल पदाधिकारी नियुक्त नगरेर ४० हजार विद्यार्थीको भविष्यमाथि ठूलो खेलवाड गरिएको छ ।’
नेपाल विद्यार्थी संघ कास्कीका सहसचिव राजीव भण्डारीले विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्न आलटाल गर्दा विद्यार्थीहरुमा थप अन्योल पैदा भएको बताए । सञ्चालनमै नआएको गण्डकी विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्ने सरकारले हजारौं विद्यार्थी अध्ययनरत विश्वविद्यालयलाई उपेक्षामा राख्न खोज्न आपत्तिजनक भएको उनले टिप्पणी गरे । ‘सञ्चालनमै नआएको गण्डकी विश्वविद्यालयमा पदाधिकारी तोकिइसक्यो’, उनले भने, ‘हामी हजारौं विद्यार्थी पढिरहेको विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर भन्दा आलटाल गरिँदै आएको छ । यो राम्रो होइन ।’
विद्यार्थीहरुले थालेको रिले अनसनको झण्डै एक महिना पुग्नै आँट्दा सरकारले बेवास्ता गरेर बसेको भन्दै उनले आक्रोश व्यक्त गरें । ‘यतिका दिन भइसक्यो, हामी यहाँ आएर अनसनमा बसेका छौं । सरकारले सुन्ला कि भनेर ध्यान तानिरहेका छौं’,उनले भने, ‘तर, सरकार सुन्दैन ।’
विश्वविद्यालयमा पदाधिकारी नियुक्त नहुँदा विद्यार्थीहरुको भविष्यमाथि नै आघात पुगेको पोखरा विश्वविद्यालय प्राध्यापक संघको अध्यक्ष हेमराज पाण्डेले बताए । विश्वविद्यालयमा पदाधिकारी नियुक्त नहुँदा तत्कालको लागि अनलाइन कार्यविधि एकेडेमिक काउन्सिलको कार्यकारीले सिफारिस गरेर लागू गर्नुपर्नेदेखि चैतमा गर्ने भनिएको परीक्षा स्थगित भएको उनले सुनाए । ‘प्रमुख समस्या, अर्को समस्या चैतमा सञ्चालन हुने भनिएको बोर्ड एक्जाम थियो सम्पूर्ण परीक्षा स्थगित भए । स्थगित भएका परिक्षालाई कसरी सेटल डाउन गर्ने ?’, उनले भने, ‘विद्यार्थीको भविष्यमाथि त ठूलो आघात प¥यो, ठूलो आघात भयो । अब पदाधिकारी नहुँदा चाही त्यो विषयमा निर्णय हुन नसक्ने नेपाल सरकारले पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कुनै नीति निर्देशन पनि नगरेको अवस्थामा विश्वविद्यालय प्रमुख यी दुई कारणबाट अन्यौलमा छ ।’
अहिले विश्वविद्यालयमा पूर्णकालिन रुपमा भाइस ट्रान्सलर, रजिष्टार, ३ संकायको डीन रिक्त छन् । रिक्त पदमध्ये फ्याकल्टी अफ ह्युमानिटिज एण्ड सोसियल साइन्स, फ्याकल्टी अफ हेल्थ साइन्स, फ्याकल्टि अफ साइन्स एण्ड टेक्नोलोजीको डीन खाली छ । त्यही संकायअन्तर्गत फ्याकल्टि अफ म्यानेजमेन्टको डाइरेक्टर, फ्याकल्टी अफ साइन्स एण्ड टेक्नोलोजीका डाइरेक्टर, फ्याकल्टी अफ हेल्थ साइन्सको डाइरेक्टर , परीक्षा नियन्त्रक, डाइरेक्टर अफ करिकुलम डेभलपमेन्ट सेन्टरको डाइरेक्टर, रिसर्च सेन्टर, इक्जाम सेन्टरको डाइरेक्टर खाली रहेको उनले सुनाए ।
तत्काल बहाल वाला फ्याकल्टी अफ म्यानेजमेन्टको डीन हरिबहादुर खड्का मात्रै रहेका छन् । उनको कार्यकाल पनि दुई महिनापछि सकिदै छ । फ्याकल्टी अफ ह्युम्यानिटिज एण्ड सोसियल साइन्सको डाइरेक्टर र प्लानिङको चिफ मात्रै अहिले पदमा छन् । बाँकी रहेको प्रोगाम वाइज कोर्डिनेटर रहे पनि विश्वविद्यालयले रिकोगनाइज गरेको कोर्डिनेटर भएकाले संकायगत सहजिकरणको लागि गरेका पोष्ट मात्रै रहेको उनले सुनाए ।
तत्कालीन उपकुलपति चिरञ्जीवि शर्माको चारवर्षे कार्यकाल सकिएपछि विज्ञान तथा प्रविधि संकायका डीन बुद्धिराज जोशीले निमित्त उपकुलपतिको जिम्मेवारी पाएका थिए । असामान्य परिस्थितिको सिर्जना भएको र पूरा कार्यकालको उपकुलपति चयन गर्न नसकिने अवस्थामा कामचलाउ उपकुलपतिको व्यवस्था गर्न सकिने विश्वविद्यालय ऐनको प्रावधान अनुसार उनी कायममुकाममा नियुक्त भएका थिए । उनीपछि मानविकीका डिन इन्द्रप्रसाद तिवारीले कायममुकामको पद सम्हाले । अहिले दुबै जना कार्यकाल सकिएर सेवा निवृत भइसकेका छन् । जोशीको कार्यकालयपछि करिब डेढ महिना कार्यकारीविहीन बनेको विश्वविद्यालय तिवारीको सेवा अवधि सकिएपछि अहिलेसम्म खाली छ । असोजमै रजिस्ट्रार गोविन्दप्रसाद शर्माको पनि कार्यकाल सकिएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->