बागलुङ, ३ भदौ– गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप नयाँ ५ जनामा कोरोना पुष्टी भएको हो । संक्रमित हुनेमा तनहुँकाको देवघाट नगरपालिकाका १ जना, गोरखाको पालुंटार नगरपालिकाका १ जना, बागलुङको वडिगाड गाउँपालिकाका १ जना, धादिङको गंगा जमुना गाउँपालिकाका १ जना र नवलपुरको कावासोती नगरपालिकाका १ जना रहेका छन् । बागलुङ र धादिङ र नवलपुरका एक एक जना लमजुङमा कार्यरत कर्मचारी हुन् ।
गण्डकीको पछिल्लो अवस्था
संकलित नमुना: ३६४६४
संक्रमण नदेखिएको: ३४६८१
संक्रमित : १७८८ (आज थपिएका संक्रमित:-२३ जना)
निको भएका : १५७२ (दर: ८७.९१%)
मृत्यु : ७
हाल आइसोलेसनमा रहेकाको संख्या (सक्रिय केस) : २०९
पछिल्लो २४ घन्टामा परिक्षण भएको संख्या : ११०५ (क्षयरोग- १०४५, पो.स्वा.बि.प्र.- ६०)
नतिजा आउन बाँकी : ०
हाल क्वारेन्टाइनमा रहेकाको संख्या : ११५०
लकडाउन पछी आज सम्म विदेशबाट आएकाको विवरण
भारतबाट गण्डकी प्रदेशमा आएकाको संख्या : १२९१५
तेस्रो मुलुकबाट गण्डकी प्रदेशमा आएकाको संख्या : ६१९८
कुल विदेशबाट आएका व्यक्तिको संख्या:- १९११३