काठमाण्डौ, ४ भदौ– पछिल्लो २४ घण्टामा देशभर ७ सय ७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे बताएका हुन् । साथै बिहीबार देशभरबाट २ सय ६३ संक्रमित डिस्चार्ज भएका छन्। बिहिबार देशभर ११ हजार ५ सय ५५ जना सक्रिय संक्रमित रहेका गौतमले जानकारी दिए । १७ हजार ९ सय ६४ जना आजसम्म डिस्चार्ज भएका पनि उनले जानकारी दिएका छन् ।





