शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

धौलागिरि अस्पतालबाट १४ जना कोरोना संक्रमित डिस्चार्ज

धौलागिरि अस्पतालबाट १४ जना कोरोना संक्रमित डिस्चार्ज


  • ढोरपाटन संवाददाता
  • भाद्र ४ २०७७, बिहिबार

बागलुङ, ४ भदौ– कोरोना संक्रमित भएर धौलागिरी अस्पतालको आइसोलेसनमा बसेका २ स्वास्थ्यकर्मीसहित १४ जना निको भएका छन् । उनीहरु बिहिबारै डिस्चार्ज भएका छन् । दुई साताअघि महोत्तरीबाट अस्पतालको भवन निर्माणका लागि आएका १४ मजदुरमा कोरोना संक्रमण भएको थियो । तीमध्ये १२ जना बिहिबार डिस्चार्ज भएका हुन् ।
महोत्तरीको औरही नगरपालिकाबाट आएको थाहा पाएपछि नगरपालिकाले तत्कालै उनीहरुलाई क्वारेन्टाइनमा राखेर पिसिआर गराएको थियो । उनीहरु भारतीय नागरिकस“ग साथ लागेर आएको खुलेको थियो । तर, ती भारतीय नागरिक भने कता गए भन्ने खुलेको छैन ।
त्यस्तै संक्रमण पुष्टी भएका बागलुङको जैमिनीकी एक नर्स र बागलुङ नगरपालिका वडा नं. ४ की अर्की नर्सको पनि पिसिआर परीक्षणमा नेगेटिभ आएपछि डिस्चार्ज भएका हुन् । संक्रमित अर्का स्वास्थ्यकर्मीको भने स्वाब संकलन गरेर पठाइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए । एकैपटक १४ जना डिस्चार्ज भएपछि जिल्लामा १८ जना मात्र सक्रिय संक्रमित बा“की रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->