सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

यस्तो छ नेकपा कार्यदलले ओली र प्रचण्डलाई बुझाएको प्रतिवेदन

यस्तो छ नेकपा कार्यदलले ओली र प्रचण्डलाई बुझाएको प्रतिवेदन

संघिय मन्त्रिपरिषद र प्रदेश सरकार पूनर्गठन गर्ने, चैतमा महाधिवेशन गर्ने, सैद्धान्तिक विवाद महाधिवेशनबाटै टुंगो लगाउने


  • ढोरपाटन संवाददाता
  • भाद्र ६ २०७७, शनिबार

काठमाडौं, ६ भदौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद मिलाउन गठित कार्यदलले अध्यक्ष केपी ओलीले पुरै अवधि प्रधानमन्त्री हुने र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अध्यक्ष हुने गरी रिपोर्ट बुझाएको छ। कार्यदलले शनिबार साँझ अध्यक्ष ओली र प्रचण्डलाई बालुवाटारमा आफ्नो रिपोर्ट बुझाएको हो।
कार्यदलको रिपोर्टमा प्रधानमन्त्रीको राजीनामाको मागलाई थाती राख्‍ने, सैद्धान्तिक तथा अन्य विवादलाई महाधिवेशनले टुंगो लगाउने लगायतका सुझाव समावेश गरेको छ। त्यसैगरी चैतमा महाधिवेशन गर्ने, सैद्धान्तिक विवाद महाधिवेशनबाटै टुंगो लगाउने, केपी ओलीको राजीनामाको मागलाई थाती राखेर स्थायी समितिको बैठक वोलाउने, संघिय मन्त्रिपरिषद र प्रदेश सरकार पूनर्गठन गर्ने लगायतका विषय समावेश गरिएको छ ।
नेकपाले पार्टीमा जारी विवाद समाधानका लागि नेताहरु विष्णु पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, पम्फा भुसाल र जनार्दन शर्मा रहेको ६ सदस्यीय कार्यदल गठन गरेको थियो । सोही कार्यदलले शनिबार आफ्नो काम सम्पन्न गर्दै रिपोर्ट बुझाएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->