शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

म्याग्दीमा समुदायस्तरमा कोरोना परीक्षण

म्याग्दीमा समुदायस्तरमा कोरोना परीक्षण


  • ढोरपाटन संवाददाता
  • भाद्र ८ २०७७, सोमबार

म्याग्दी, ८ भदौ– म्याग्दीमा कोरोना संक्रमणको अवस्था पहिचान गर्न समुदायस्तरमा नमूना स्वाब संकलन कार्यलाई तिव्रता दिइएको छ । जिल्लाका विभिन्न गाउँमा पुगेर स्वाब संकलन गर्न थालिएको हो ।
सक्रिय संक्रमित नभएको म्याग्दीका स्थानीय तहको केन्द्र तथा बजारक्षेत्रमा पनि समुदायको कोरोना परिक्षणका लागि स्वाबको नमुना संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।
छिमेकी बागलुङमा समुदायस्तरमा कोरोना देखिएपछि अग्रपंक्तिमा बसेर सवसाधारणसंग घुलमिल हुनेलाई लक्षित गरी अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा २२ जनाको स्वाब संकलन गरिएको छ । बढी जनसम्पर्क हुने सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी, व्यापारी, बैंकका कर्मचारीको प्रतिनिधिमुलक स्वाब लिएर परिक्षण भैरहेको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिए ।
यसअघि बेनी, दरवाङ र बाबियाचौरमा पुगेर स्वाबको नमुना संकलन गरेर परिक्षणका लागि पठाइएको थियो । कन्ट्याक्ट टे«सिङमा परेका रघुगंगा गाउपालिकाको भगवती र पिप्लेका समुदायका व्यक्तिलाई पनि बेनीमा बोलाएर स्वाब नमुना संकलन भएको थियो । हालसम्म समुदाय स्तरबाट संकलित स्वाबको नमुनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
कोभिड १९ कमाण्ड पोष्टका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जिल्ला प्रवेशलाई कडाई, बाहिरबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने, ट्याक्सी चालक, भीडभाड हुने सरकारी कार्यालय, होटल तथा रेष्टुरेन्टमा काम गर्ने व्यक्ति, बैंक तथा वित्तिय संस्थामा कार्यरत कर्मचारी, मेडिकल पसल, स्वास्थ्यकर्मी, प्रहरी, पत्रकार, व्यवसायीसंगै कोरोना संक्रमित निको भएर फर्किएका स्थानमा नमूना स्वाब लिने बताए ।
म्याग्दीबाट हालसम्म एक हजार १३१ वटा स्वाबको नमुना संकलन गरेर परिक्षणका लागि पोखराको प्रयोगशालामा पठाइएको छ । ३१ वटा नमुनाको नतिजा आउन बाँकी छ । विदेशबाट आएर क्वारेन्टिनमा बसेका ४८ जनामा कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->