शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पछिल्लो २४ घण्टामा ८ सय ८४ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा ८ सय ८४ जनामा कोरोना संक्रमण


  • ढोरपाटन संवाददाता
  • भाद्र १३ २०७७, शनिबार

काठमाडौं , १३ भदौ – पछिल्लो २४ घन्टामा शनिबार थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना पुष्टि हुनेमा २ सय ४२ महिला र ६ सय ४२ जना पुरुष रहेका छन् । १० हजार ९७१ जनाको पीसीआर परीक्षण गर्दा  ८ सय ८४ जनामा कोरोना पुष्टि भएको हो।
मन्त्रालयले शनिबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको जनाए । मन्त्रालयका अनुसार २४ घण्टामा ३१३ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या २० हजार ५५५ पुगेको छ। यो निको हुनेको संख्या ५५ प्रतिशत हो। नेपालमा पीसीआर परीक्षणको कुल संख्या ६ लाख ६९  हजार ६३६ पुगेको छ। अहिले क्वारेन्टाइनमा ८ हजार ३५ जना रहेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->