मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

स्याङ्जामा १९ जुवाडेविरुद्ध मुद्धा दर्ता

स्याङ्जामा १९ जुवाडेविरुद्ध मुद्धा दर्ता

ताससंगै २४ हजार २५ रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १४ २०७७, आइतबार

स्याङ्जा, १४ भदौ– जिल्ला प्रहरी कार्यालय स्याङ्जाले तास खेल्ने १९ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । तास खेल्दै गरेको अवस्थामा पक्राउ परेका १९ जनाविरुद्ध ‘सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरूद्धको कसुरअन्तर्गत जुवा सम्बन्धी कसुरमा’ मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।
पुतलीबजार नगरपालिका वडा नं. १ अभियान पथमा शिवबहादुर थापाले भाडामा लिएर घर र पुतलीबजार १४ लामागेमा जीवन मल्लले सञ्चालन गरेको मोटरसाईकल वर्कसपको कोठाभित्र तास खेलिरहेको अवस्थामा दुई स्थानबाट गरी १९ जनालाई पक्राउ गरी मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । ताससंगै २४ हजार २५ रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->