काठमाडौ, १५ भदौ–भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार अपरान्ह निधन भएको छ । ८४ वर्षीय मुखर्जीको निधन भएको पुष्टि उनका छोरा अभिजितले गरेका छन् । मुखर्जी कोरोना भाइरस संक्रमणसँग जुधिरहेका थिए । उनको उपचारको क्रममा मृत्यु भएको उनका छोरा अभिजितले सामाजिक सञ्जाल मार्फत पुष्टि गरेका हुन् । मुखर्जीको सोमबार नयाँ दिल्लीस्थित आर्मी आरआर अस्पतालमा निधन भएको हो । सोही अस्पतालमा उनले मस्तिष्कको सर्जरी पनि गरिएको थियो ।
गत मंगलबारदेखि नै मुखर्जीको स्वास्थ्यअवस्था कमजोर बन्दै गएको थियो । मंगलबार रात उनलाई भेन्टिलेटरको सहायतामा राखिएको थियो । उनका छोरा अभिजित मुखर्जीले सामाजिक सञ्जाल ट्विटरमार्फत् उनको निधन भएको पुष्टि गरेका हुन् ।





