शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

महानगरका मेयर शाक्य र बरिष्ठ चिकित्सक रिजालमा संक्रमण

महानगरका मेयर शाक्य र बरिष्ठ चिकित्सक रिजालमा संक्रमण

डाक्टरसहितका स्वास्थ्यकर्मी, पत्रकार र प्रहरी जहिल्यै जोखिममा हुन्छन् । हामी निको भएर फेरि काममा फर्किन्छौं ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १५ २०७७, सोमबार

काठमाण्डौ, १५ भदौ– काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई र बरिष्ठ चिकित्सक भोला रिजाल दम्पत्तिलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सोमबार आएको पिसिआर परीक्षणको रिपोर्टबाट उनमा कोरोना पुष्टि भएको हो । शाक्यले हिजो आइतवार स्वाब दिएका थिए । कोरोना परीक्षणका लागि स्वाब दिएका उनी त्यही दिनदेखि होम आइसोलेसनमा बसेका थिए । श्रीमती बिरामी भएपछि जँचाउन ग्राण्डी अस्पताल पुगेका शाक्यले त्यहीँ स्वाब दिएका थिए । उक्त स्वाबको सोमबार आएको रिपोर्ट अनुसार श्रीमतीमा संक्रमण देखिएन भने मेयर शाक्यमा चाहिँ संक्रमण पुष्टि भएको हो ।
वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल र उनकी पत्नीलाई कोरोना भाइरस संक्रमण भएको छ । रिजालकी पत्‍नी डा. सरला घिमिरेमा पनि कोरोना पुष्टि भएको छ । दुवैलाई सोमबार संक्रमण पुष्टि भएपछि उपचारका लागि धुम्बाराहीस्थित ह्‍याम्स अस्पतालमा भर्ना भएका छन् । ‘हो, हामी दुवैलाई कोरोना संक्रमण भएको छ । हामी अहिले ह्‍याम्समा भर्न भएका छौं’ उनले भने, ‘कोरोना हुँदैमा कोही पनि आत्तिनुपर्दैन । डाक्टरसहितका स्वास्थ्यकर्मी, पत्रकार र प्रहरी जहिल्यै जोखिममा हुन्छन् । हामी निको भएर फेरि काममा फर्किन्छौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->