मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

प्राविधिक शिक्षालय बन्द गरिएकोमा बिरोध

प्राविधिक शिक्षालय बन्द गरिएकोमा बिरोध


  • ढोरपाटन संवाददाता
  • भाद्र १६ २०७७, मंगलबार

बागलुङ, १६ भदौ– निजी प्राविधिक शिक्षालय महासंघ नेपालले सरकारले प्राविधिक एसएलसी सरहका पढाईमा लगाएको रोक फिर्ता गर्न माग गरेको छ ।
महासंघले विज्ञप्ती प्रकाशित गरेर सिएमए, अनमी, ल्याब असिस्टेन्ट, आर्युेवेद लगायतका पढाई रोक्दा तल्लो स्तरमा रहेर सेवा गर्ने जनशक्ती र पढ्न चाहने विद्यार्थीको भविष्यमाथि खेलवाड भएको आरोपसमेत लगाइएको छ ।
चिकित्सा शिक्षा आयोगको निर्णयले ती पढाइ बन्द गर्ने भएपछि महासंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । महासंघका सचिव धु्रब शर्माले जारी गरेको विज्ञप्तीमा कोभिड १९ ले देश लकडाउनमा परेको समय पारेर यस्ता पढाई बन्द गरिंदा सयौं बिद्यार्थीको भविष्य अन्यौलमा परेको उल्लेख गरिएको छ ।
साथै, शिक्षालयहरुले भर्ना प्रक्रिया थालिसकेको अवस्थामा पढाई रोक्दा विद्यार्थीको भविष्यप्रति खेलवाड भएको आरोप लगाइएको छ । कम्तिमा यस्ता निर्णय गर्नुअघि सरोकारवालासँग छलफल गरिनुपर्नेमा वास्तै नगरी एकतर्फी निर्णय भएको पनि आरोप लगाइएको हो ।
यो निर्णयले १२ हजार विद्यार्थीको भविष्य अन्यौल भएको बताइएको छ । यस्ता संस्था ग्रामीण स्थानमा स्थापित शिक्षालयबाट पढाई भैरहेकोले पढाइ रोक्दा विद्यार्थीको मनोविज्ञानमा पनि असर परेको बागलुङ प्राविधिक शिक्षालयका प्रमुख तथा महासंघको गण्डकी प्रदेश समितिका उपाध्यक्ष मुकुन्द सापकोटाले बताए ।
‘संस्था खारेजी भन्दा स्तरोन्नती गराउनु पथ्र्यो’ उनले भने, ‘विद्यमान ऐन नियमविपरित आयोगले संस्था खारेजी गराएको छ ।’ गत साउन ३० गते आयोगले उक्त निर्णय गरेको थियो ।
ग्रामीण क्षेत्रमा रहेका हरेक स्वास्थ्य चौकीमा कार्यरत सबै अनमीसहितका स्वास्थ्यकर्मी शिक्षालयका उत्पादन भएकोले उनीहरु आएपछि नेपालको मातृमृत्यु र शिशु मृत्युदर घटेको समेत उनले दाबी गरेका छन् । ‘२५ वर्षदेखि जनशक्ति उत्पादन गर्दा गाउँका स्वास्थ्य केन्द्र संचालन भएका छन्’ उनले भने, ‘तल्लो जनशक्तिले स्वास्थ्य सुधारमा खेलेको भूमिकाबारे चासो गरिएन ।’ कक्षा १२ को अन्तिम परिक्ष एसएलसी भएकोले अब ती संस्थामा पनि १२ पास भएकोले मात्रै भर्ना पाउने दवाव बढिरहेको थियो । सोही अनुसार स्तरोन्नती गर्न लागेका संस्था अध्ययन बिना खारेजीमा परेको समेत उनीहरुले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->