शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोना संक्रमितको संख्या ४० हजार नाघ्यो, १०६९ थपिए

कोरोना संक्रमितको संख्या ४० हजार नाघ्यो, १०६९ थपिए

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या २३९ पुग्यो।


  • ढोरपाटन संवाददाता
  • भाद्र १६ २०७७, मंगलबार

काठमाडौं, १६ भदौ – मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । पछिल्लो २४ घण्टामा १०६९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८८ जनामा गरिएको परीक्षणमा १०६९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेका छन् ।
कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। योसहित ज्यान गुमाउनेको संख्या २३९ पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २३९ पुगेको हो।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भई ७६८ जना डिस्चार्ज भएका छन् । मंगलबारसम्म २२ हजार १७८ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->