काठमाण्डौ, १७ भदौ– पछिल्लो २४ घण्टामा देशभर ११ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्याक डाक्टर जागेश्वर गौतमले यसबारेमा जानकारी हुन् । उनले बुधबार भएको नियमित प्रेस व्रिफिङका क्रममा संक्रमितको दर बढ्दै गएको बताएका हुन् । गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ सय २० जना महिला र ८ सय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रतिघण्टा २ जना कोरोनाका कारण मृत्यु
संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ। योसहित ज्यान गुमाउनेको संख्या २५१ पुगेको हो। प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा १२ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २५१ पुगेको हो। यसलाई हिसाव गर्ने हो भने नेपालमा प्रतिघण्टा २ जना कोरोनाका कारण मृत्यु भएको छ।





