मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

मुख्यमन्त्री गुरुङद्धारा उद्धार, खोजी र उपचारमा जुट्न अपिल

मुख्यमन्त्री गुरुङद्धारा उद्धार, खोजी र उपचारमा जुट्न अपिल

प्रदेश सरकारको तर्फवाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता


  • ढोरपाटन संवाददाता
  • भाद्र १८ २०७७, बिहिबार

पोखरा, १८ भदौ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका भुजीखोलामा गएराति बाढीपहिरोले भएको मानविय क्षतिप्रति दुःख ब्यक्त गर्दै उद्धार, खोजी र उपचारमा जुट्न सवैलाई अपिल गरेका छन् । ढोरपाटनमा ठूलो मानवीय तथा भौतिक क्षति भएको घटनाले आफुलाई स्तव्ध वनाएको उल्लेख गर्दै मख्यमन्त्रीले ज्यान गुमाउनुहुनेप्रति श्रद्धाञ्जली र शोकाकुल परिवार एवं आफन्तजनमा गहिरो समवेदना प्रकट गरेका छन् । घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना उनले संकटको घडीमा खोजी, उद्दार र उपचार कार्यमा जुट्ने सवैप्रति धन्यवाद प्रकट गरेका छन् ।
बाढी पहिरोमा परि वेपत्ता हुनेहरुको सिघ्र खोजी तथा परिवार गुमाउनुहुने तथा प्रभावित परिवारको तत्काल उद्दार, राहत र पुनर्स्थापनामा तदारुकताकासाथ लाग्न सम्वन्धित तहको गम्भिर ध्यानाकर्षण गराउँदै मुख्यमन्त्रीले त्यसको लागि प्रदेश सरकारको तर्फवाट आवश्यक सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।
अविरल बर्षाका कारण वाढी पहिरोको जोखिम वढिरहेको अवस्थामा उद्दार, राहत तथा पुनर्स्थापना कार्यमा सक्रिय भएर जुट्न र विषम परिस्थितिमा धैर्यधारण गरी सावधानी र उच्च सतर्कता अपनाउन सम्वन्धित सवै पक्षलाई अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->