बागलुङ, १८ भदौ– कोरोना संक्रमित भएर धौलागिरी अस्पतालको आईसोलेसनमा उपचार गराईरहेका जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले ढोरपाटनमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । बुधबार रातीको भीषण वर्षापछि आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै ढुंगानाले राहत र उद्धारमा जुट्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत ढुंगानाले विपत्को अवस्थामा सम्पूर्ण नागरिक, सरोकारवाला निकाय, संघसंस्था, जनप्रतिनिधि, सुरक्षाकर्मी, राजनीतिक दल, राष्ट्रसेवक सबै एकैसाथ उद्धारमा खट्नुपर्ने उल्लेख गरेका छन् ।
ढुङगाना आँफू कोरोना पोजेटिभ भएका कारण आईसोलेसनमा भएकोले भौतिक रुपमा उपस्थित हुन नसकेकोमा दुखः व्यक्त गरेका छन् ।





