सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

प्रधानमन्त्रीले भने, ‘मन्त्रिपरिषद् पुनर्गठन हुन्न, ढुक्कले काम गर्नुस्’

प्रधानमन्त्रीले भने, ‘मन्त्रिपरिषद् पुनर्गठन हुन्न, ढुक्कले काम गर्नुस्’


  • ढोरपाटन संवाददाता
  • भाद्र १९ २०७७, शुक्रबार

काठमाडौं, १९ भदौ  – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई मन्त्रिपरिषद् पुनगर्ठन हुने हल्ला मात्रै भएको बताएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन हुने भन्ने हल्ला मात्र भएको भन्दै मन्त्रीहरुलाई ढुक्कसँग काम गर्न निर्देशन दिएका हुन् । ‘मन्त्रिपरिषद् पुनगर्ठनको हल्ला कसरी आयो । यस्ता हल्लाको पछि नलाग्नुस्, ढुक्कसँग काम गर्नुस्,’ प्रधानमन्त्रीको भनाई उद्र्धत गर्दै एक मन्त्रीले भने ।
‘यो विषयमा धेरैपटक समाचार आइरहेका छन् । समाचारमा घरी यसलाई फाल्छ घरी उसलाई ल्याउँछ भनेका छन् । यस विषयमा मैले कहिँ पनि छलफल गरेको छैन । तपाईंहरू मन्त्रालयको कमान्ड लिएर मन्त्रालयका काम गर्नुस् भन्नुभयो,’ ती मन्त्रीले भने । सत्तारुढ नेकपाको विवाद समाधानबारे सुझाव दिन गठित कार्यदलले मन्त्रिपरिषद् पुनर्गठन गर्न सुझाव दिएको थियो । त्यसलगत्तै मन्त्रिपरिषद् पुनगर्ठनको चर्चा नेकपामा चलेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->