मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी वृद्धामा कोरोना संक्रमण

गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी वृद्धामा कोरोना संक्रमण


  • ढोरपाटन संवाददाता
  • भाद्र २१ २०७७, आइतबार

गोरखा, २१ भदौ – गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी एक वृद्धामा कोरोना पुष्टि भएको छ । ब्रेन ह्यामरेज भएर शनिबार अस्पताल भर्ना भएकी गोरखा नगरपालिका ७ की ७५ वर्षीया वृद्धामा आइतबार कोरोना पुष्टि भएको हो । गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नविन थापाका अनुसार घरमा उपचार गराइरहेकी उनलाई अचेत अवस्थामा अस्पतालमा ल्याइएको थियो ।
शंका लागेपछि उनको स्वाब लिएर अस्पतालको इमर्जेन्सी सेवा बन्द गरिएको थियो । अहिले अस्पतालका स्वास्थ्यकर्मीको व्यवस्थापन गरेर र डिस्इन्फेक्सन प्रक्रिया सकेर सेवा सुरु गरिएको छ । योसहित गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->