आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गण्डकीमा आज मात्रै ९० संक्रमित थपिए

गण्डकीमा आज मात्रै ९० संक्रमित थपिए

गण्डकी प्रदेशमा हालसम्म १ हजार ८ सय ४९ जना संक्रमण मुक्त भएका छन् ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २६ २०७७, शुक्रबार

बागलुङ, २६ भदौ– पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका नवलपरासी (बर्दघाट सुस्तापूर्व) कास्की, पर्वत, तनहुँ, लमजुङ, गोरखा र स्याङ्जाका विभिन्न स्थानीय तहमा संक्रमित रहेको पुटि भएको हो ।
गण्डकी स्वास्थ्य निर्देशनालयले एकैदिन जारी गरेका तीन विज्ञप्तीमा कास्कीका १३ जना, नवलपरासी (बर्दघाट सुस्तापूर्व) ४६ जना, तनहुँका १४ जना, पर्वतका २ जना, लमजुङका ५ जना, गोरखाका ८ जना र स्याङ्जाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकीमा संक्रमितको संख्या २ हजार ८ सय २० पुगेको छ ।
क्षयरोग उपचार केन्द्र पोखरा, चितवन मेडिकल कलेज र गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका प्रयोगशालामा उनीहरुको जाँच भएको थियो । गण्डकी प्रदेशमा हालसम्म १ हजार ८ सय ४९ जना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक विनोदबिन्दु शर्माका अनुसार, सबैभन्दा बढी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का ४ सय जना संक्रमण मुक्त भएका हुन् । उनीहरू ५५ जना महिला र ३ सय ४५ जना पुरुष रहेका छन् ।
कोरोना संक्रमण शून्य रहेको हिमालपारीको जिल्ला मुस्ताङका एक पुरुषलाई संक्रमण रहेकोमा उनी पनि निको भएको निर्देशनालयले जनाएको छ । ती एक जनाबाहेक मुस्ताङमा संक्रमित थपिएका छैनन् । हिमालपारीकै अर्को जिल्ला मनाङका संक्रमितमध्ये ४ जना पुरुष निको भएका छन् । यस्तै, म्याग्दीका ५ महिला र ४३ पुरुष गरी ४८ जना, पर्वतका १६ महिला र ८७ पुरुष गरी १ सय ३ जना, गोरखाका १८ महिला र १ सय ८ पुरुष गरी १ सय २६ जनाले कोरोना जितेका छन् ।
यसैगरी लमजुङका १० महिला र १ सय ११ जना पुरुष गरी १ सय २१ जना, तनहुँका २७ महिला र १ सय ९७ जना पुरुष गरी २ सय २४ जना, कास्कीका ५६ महिला र १ सय ७७ पुरुष गरी २ सय ३३ जना, बागलुङका ३३ महिला र २ सय ४८ पुरुष गरी २ सय ८१ जना र स्याङ्जाका ४३ महिला र २ सय ६५ जना पुरुष गरी ३ सय ८ जना कोरोना निको भएर घर फर्किएका छन् ।
कोरोना संक्रमण रहेको अवस्थामा मृत्यु भएकाहरूको मृत्युदर ०.८ प्रतिशत, निको हुने दर ६६.४४ प्रतिशत र सक्रिय संक्रमित दर ३२.७४ प्रतिशत रहेको छ । प्रदेशमा संक्रमण रहेको अवस्थामा हालसम्म २२ जनाको मृत्यु भएको छभने ५ सय ६१ जना क्वारेन्टाइनमा बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->