शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

फुटबल मैदानको म्याद थप

फुटबल मैदानको म्याद थप

राखेपले अझै दिएन अफिसियल भवन निमार्ण स्वीकृत


  • विजय नेपाली
  • भाद्र २९ २०७७, सोमबार

पोखरा, २९ भदौ– पोखरा रंगशालामा निमार्णाधीन अवस्थामा रहेको अन्तर्राष्ट्रिय फुटबल मैदानको लागि पुनः म्याद थप गरिएको छ । २० पहिलो चरणमा १६ हजार ५ सय दर्शक क्षमताको प्यारापिट सहितको मैदान निमार्ण गर्ने योजना रहेपनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बढाएर २० हजार दर्शक क्षमताको प्यारापिटसहितको मैदान बनाउने तयारी गरको हो । निमार्ण कम्पनीले पहिलो चरणको काम अन्तिममा पु¥याए पनि दोस्रो चरणको लागि प्रतिवेदन तयार गर्ने क्रममा भने कोरोना भाइरसले प्रभावित बनेको थियो । मैदान निमार्णको लागि यो चौथोपटक म्याद थप हो । आगामी मंसिर मसान्तसम्मको म्याद कम्पनीले पाएको छ । मंसिर मसान्तभित्रमा रंगशाालको भिआइपी प्यारापिटको सम्पूर्ण काम सक्ने कम्पनीले जनाएको छ । मैदानको पूर्वतर्फ निर्माण गरिने अफिसियल भवनको लागि राखेपबाट स्वीकृति भइसकेको छैन् । परिषद्बाट भवन निर्माण गर्न स्वीकृति दिएको छ महिनाभित्रमा काम सम्पन्न हुने कम्पनीका प्रोजेक्ट म्यानेजर दीपक बरालले जानकारी दिए ।
‘अफिसियल भवनको अझै स्वीकृति पाइएको छैन’, उनले भने,‘‘स्वीकृति पाएको छ महिनामा निर्माण पूरा गरेर परिषदलाई हस्तान्तरण गर्ने छौं ।’ बीचबीचमा काम रोकियो स्पीडमा काम गर्न पाइएन् । अहिले कोरोनाले काम ठप्पै भएको छ । ‘कोरोना त्रास हटेपछि मात्रै काम गर्छौँ’ उनले भने । अफिसियल भवन र बाँकी सिट जडान गर्न ६ महिना लाग्ने उनको भनाइ छ । मैदानको पूर्वतर्फ अफिसियल भवनको लागि डिजाईन पेश गरिसकेको बरालले जानकारी दिए । पेश गरिएको डिजाइनलाई परिषदले समेत स्वीकृत गर्दै कन्सल्ट्यान्टलाई पठाइसकेको उनले बताए । कोरोना त्राससँगै लकडाउनले काम गर्न नपाउँदा ठेकेदार कम्पनीलाई आर्थिक भार समेत बढेको छ । २०७५ साल फागुन २६ गते फुटबल मैदान तथा दुईवटा प्यारापिट भत्काई नयाँ संरचना निर्माणको शिलान्यास गरिएको थियो । भारतीय ग्रेट स्पोर्टस इन्फ्रा तथा एमए कन्ट्रक्सन ललितपुर (संयुक्त)ले मैदानसहित प्यारापिट निर्माणको जिम्मेवारी पाएको थियो । ‘मंसिर मसान्तसम्म भिआइपी प्यारापिटको सबै काम टुग्याउँछौं’, बरालले भने,‘भिआईपी प्यारापिटका आवश्यक सामान भारतबाट मगाइसकिएको छ । ढिलोमा अर्कोसातासम्म सामान आइपुग्छ ।’ सामान आउनेबित्तिकै काम सुरु हुने उनले बताए । भिआईपी प्यारापिटको छानोको काम बाँकी छ । भइरहेका कामदारबाट चैतयता मैदानको गोडमेलको काम गर्दै आएको छ । लकडाउनकै कारण कम्पनीले मैदान मर्मत सम्भारको भार बढेको छ । एक वर्ष स्टाफ खर्च बढेको छ । कम्पनीलाई एक करोड रुपैयाँ आर्थिक भार थपिने कम्पनीले जनाएको छ । राखेपले कम्पनीसँग १ अर्ब २८ करोड लागतमा निर्माण गर्ने गरी सम्झौता गरेको हो । १६ हजार ५ सय दर्शक क्षमताको प्यारापिट तयारी भइसकेको छ । ३ हजार ५ सय सिट थप्दै २० हजार पु¥याउने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->