बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बालबालिकालाई शैक्षिक सामग्री

बालबालिकालाई शैक्षिक सामग्री


  • ढोरपाटन संवाददाता
  • भाद्र ३१ २०७७, बुधबार

पोखरा, ३१ भदौ– पोखरा महानगरपालिकाले सडकबाट उद्धार गरेर बालगृहमा राखेका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । राष्ट्रिय बाल दिवसको अवसरमा पोखरा महानगरपालिकाले झोला, कापी, कलम र स्वीटर वितरण गरेको हो ।
पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले बालगृहमा रहेका बालबालिकालाई सामग्री वितरण गरेकी थिइन् । पोखराका विभिन्न ठाँउबाट उद्धार गरि अन्नपूर्ण गाँउपालिका लेवाडेमा रहेको चिल्ड्रेन नेपालको बाल गहृमा राखेको छ । बालगृहमा १८ जना बालबालिका रहेका छन् । छ महिनादेखि उनीहरुको सम्पूर्ण खर्च पोखरा महानगरले गरेको छ भने आवासका लागि भवन चिल्ड्रेन नेपालले उपलब्ध गराएको छ । सामग्री हस्तान्तरण कार्यक्रममा पोखरा महानगर सामाजिक विकास महाशाखा महिला अधिकृत विष्णुमाया पौडेलले बाल दिवसको अवसरमा अन्य औपचारिक कार्यक्रम गर्न नसकिएको बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->