काठमाडौं, १ असोज – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामेदव गौतम राष्ट्रिय सभामा मनोनित भएका छन्। सरकारको सिफारिमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा मनोनित गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता सह-सचिव हरिप्रसाद दाहालका अनुसार राष्ट्रपति भण्डारीले गौतमलाई राष्ट्रियसभामा मनोति गरेकी हुन्। प्रवक्ता दाहालका अनुसार राष्ट्रपति भण्डारीले संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम सरकारको सिफारिसमा गौतम मनोनित भएका हुन् । राष्ट्रियसभा सचिवालयका अनुसार गौतमको शपथ बिहीबार नै हुनेछ। नेता गौतमको निजी सचिवालयले ४ बजे शपथका लागि तयारी अवस्थामा रहन भर्खरै खबर आएको जानकारी दिएको छ।





