बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखराबाट उडेनन् विमान

पोखराबाट उडेनन् विमान

यसअघि सामान्य अवस्थामा देशका प्रमुख सहरहरुमा पोखराबाट दैनिक ३० वटा विमानले उडान भरे पनि ६ महिनायता कुनै पनि उडान हुन सकेको छैन ।


  • ढोरपाटन संबाददाता
  • असोज ३ २०७७, शनिबार

पोखरा, ३ असोज -झण्डै सात महिना लामो बन्दाबन्दी पछि उडान स्वीकृति पाएका विमान अझैं पनि सञ्चालनमा आउन सकेका छैनन् । उडान स्वीकृति पाएको दोस्रो दिनमा पनि कुनै पनि विमानले उडान नभरेको पोखरा विमानस्थलले जनाएको छ ।
गत सोमबारको मन्त्रिपरिषद् बैठकले आन्तरिक तथा बाह्य उडान साथै लामो दूरीका सवारीलाई पनि सञ्चालन अनुमति दिइसकेको छ । लामो दूरीका सवारी पोखराबाट देशका प्रमुख सहरहरुमा यात्रा भर्न थाले पनि पोखराबाट कुनै पनि आन्तरिक उडान हुन सकेको छैन ।
‘उडेका छैनन् । ५ गते अघि बुकिङ नै राखेको छैन । एक हप्ता त उनीहरुलाई तयारी गर्न पनि लागि हाल्छ । तै पनि निश्चित छैन’, पोखरा क्षेत्रीय विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले भने, ‘५ गते मात्रै निर्णय हुने भयो । ५० प्रतिशतले नउडाउने नै भनेका छन् भन्ने पनि छ । बुकिङ खुलेका छन् भन्ने मात्रै थाहा लागेको छ । ५ गते पछि उड्लान् ।’
सरकारबाट अनुमति पाए पनि यात्रु नपाउँदा उडान पछि धकेलिने उनको अनुमान छ । ‘अल्ट्रा लाइट, हेलिकप्टरका पेसेन्जर पाए उड्ने हो । गृहको स्वीकृति लिन परेन, टावरको प्रमिसन लिए उड्न पाउने भए’, उनले भने । यसअघि सामान्य अवस्थामा देशका प्रमुख सहरहरुमा पोखराबाट दैनिक ३० वटा विमानले उडान भरे पनि ६ महिनायता कुनै पनि उडान हुन सकेको छैन । काठमाडौं, भरतपुर र भैरहवाका लागि यति, बुद्ध, श्री र सिम्रिक एअरलाइन्सले उडान भर्दै आएको थियो । यसैगरि, मुस्ताङको लागि जाने समिट र तारा एअरले उडान भर्दै आएका थिए ।
काठमाडौंका लागि दैनिक १० वटा विमानले उडान भर्थे । अरु ठाउँमा १५ देखि २० वटा औसत उडान हुने उनले जानकारी दिए ।‘भैरहवा २ वटा, भरतपुर १ वटा । काठमाडौंमा दैनिक १० वटा, अरु ३/४ ठाउँमा उडान भइरहेको हुन्थ्यो’, उनले भने, ‘सबै गरेर करिब ४० उडान हुन्थे ।’ चैत यता भने कुनै पनि उडान भएको छैन ।
विमान कम्पनीहरुले सुरुसुरुमा एउटा एउटा मात्रै बुकिङ खुलाएको उनले जानकारी दिए । तैं पनि उडान हुने या नहुने अझैं तय हुन सकेको छैन । ‘यात्रु कत्तिको हुन्छन्, बुकिङ कत्तिको जान्छ त्यसैमा भर पर्छ’, उनले भने, ‘त्यही अनुसार उडान हुने भए ।’ असोज एक गतेदेखि उडान स्वीकृति पाएको लामो दूरीका सवारी पोखराबाट सञ्चालनमा आइसकेका छन् । पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीमा आबद्ध १ सय सवारी पहिलो चरणमा बाहिर ल्याउन कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->