शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जा पहिरो अपडेट : ६ जनाको मृत्यु, एकको जिवितै उद्धार, ४ जना बेपत्ता

स्याङ्जा पहिरो अपडेट : ६ जनाको मृत्यु, एकको जिवितै उद्धार, ४ जना बेपत्ता


  • हिमलाल पराजुली
  • असोज ८ २०७७, बिहिबार

स्याङ्जा, ८ असोज– स्याङ्जाको वालिङ नगरपालिका र कालिगण्डकीमा घरमाथीबाट आएको पहिरोले पुरिँदा ६ जनाको मृत्यु छ । पहिरोमा पुरिएका थप ४ जना बेपत्ता छन् । उनीहरुको खोजिकार्य जारी भैरहेको छ ।
बिहिबार विहान वालिङ नगरपालिका–१४ तमादिमा माया नेपालीको घरमाथिबाट आएको पहिरोले घर गोठ पुरिँदा एकै घरका ५ जनाको मृत्यु भएको छभने सोही परिवारका ४ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । पुरिएको घरबाट एक महिलाको जिवितै उद्धार गरिएको छ ।
कालीगण्डकी गाउँपालिका–४ का १६ वर्षीय विष्णु दमाईको घरमाथीबाट आएको पहिरोले पुरिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।
वालिङ नगरपालिका १४ तमादिमा पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा दुई जना पुरुष र तीन महिला रहेको स्थानीय बिक्रम लुईटेलले जानकारी दिए । पहिरोमा पुरिएकी मध्ये जिवितै उद्धार गरिएकी अन्दाजी १७ वर्षीय युवतीको गह्रौ प्राथमिक अस्पताल वालिङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएकी एक महिला आफन्तको घरमा आएको र अरु सबै एकै परिवारका रहेको प्रहरीले जनाएको छ । सुरक्षाकर्मी र स्थानीयले पुरिएकाहरुको खोजि गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->