सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

नारायणीमा पानी खतराको तहभन्दा माथि भएपछि एसएमएस पठाएर सतर्कता अपनाउन आग्रह

नारायणीमा पानी खतराको तहभन्दा माथि भएपछि एसएमएस पठाएर सतर्कता अपनाउन आग्रह


  • ढोरपाटन संवाददाता
  • असोज ८ २०७७, बिहिबार
?????????????????????????????????????????????????????????

चितवन, ८ असोज – लगातार वर्षासँगै आएको बाढीले नारायणी नदीमा खतराको तह पार गरेको छ । बिहीबार बिहान ९ बजे नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले एसएमएस पठाएर बाढी अझै बढ्दो क्रममा रहेका कारण चितवन र नवलपरासीका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । नारायणीमा बिहीबार बिहान साढे ३ बजे नै बाढीले सतर्कताको तह पार गरेको थियो ।
बाढी बढ्दै गए चितवनतर्फ भरतपुर महानगरपालिकाअन्तर्गतका मंगलपुर, गुन्जानगर, दिव्यनगर र मेघौली क्षेत्रमा डुबान र कटानको समस्या आउन सक्छ । महानगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख प्रेमराज जोशीले नदी तटका साथै पहाडी क्षेत्रका बासिन्दालाई पनि सजग रहन अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->