बागलुङ, ९ असोज– बाल कलाकारहरुको उल्लेख्य सहभागिता रहेको दशैंगीत ‘यसपाली दशैंमा’ बजारमा आएको छ । बागलुङका स्टेज कार्यक्रमहरुमा नृत्य गरेर चर्चामा रहेकी बाल कलाकार श्रद्धा क्षेत्रीको अभिनय समावेश गीत शुक्रबारदेखि युट्युव च्यानलमार्फत बजारमा आएको हो । सुदिक्षा सुनुवार र बलबहादुर परियारको प्रस्तुतीमा बिबि क्रियसनले गीत बजारमा ल्याएको हो । सानै उमेरमा स्टेजमा नृत्य गरेर दर्शकको मन जितेकी बागलुङे चेली श्रद्धाले यस पटकको दशैं गीतमा आफ्नो उत्कृष्ट अभिनय पस्केकी छन् । यसअघि उनले पञ्चेबाजाको गीतमा अभिनय गरेकी थिईन् ।
गीतमा बालगायिका सुदिक्षा सुनुवार, नानु सुनुवार र बलबहादुर परियारले स्वर भरेका छन् । बलबहादुर परियारको लयशव्दमा मालश्री स्टुडियोमा रेकर्ड भएको गीतको एरेञ्ज विनोद बाजुरालीले गरेका हुन् । गीतमा श्रद्धा क्षेत्री, सुनिल बानियाँ र प्रियांका बिकले अभिनय गरेका छन् । क्रियटिम मिडिया प्रोडक्सनले निर्माण गरेको गीतको म्युजिक भिडियो छायांकन तथा सम्पादन भुपेन बानियाँले गरेका हुन् । बाध्यताले दशैं मनाउन नपाएको कथा समेटिएको गीतको भिडियो निर्देशन पनि उनैको हो ।
भिडियो…





