पोखरामहानगमा उद्धार गरिएका बालबालिकालाई लक्षित गर्दै अन्नपुर्ण गाउँपालिका लेवाडेमा स्वास्थ्य तथा शैक्षिक सामग्री हस्तान्तरण गरिनेछ ।
पोखरा, १० असोज– पोखरा जेसीजले कोरोना महामारीलाई चिर्दै साप्ताहिक सामाजिक कार्य गर्ने भएको छ । सामाजिक कार्यमा तल्लिन पोखरा जेसीजले आमामी असोज ११ गतेदेखि ‘जेसीज सप्ताह–२०२०’ अन्तर्गत विभिन्न सामाजिक काम गर्ने भएको हो ।
असल समाजका लागि युवा नेतृत्व भन्ने मुल मन्त्रका साथ अघिबढ्दै पोखरा जेसीजले विभिन्न विषय मुलक सामाजिक कार्य गर्ने तयारी गरेको छ । विश्व कोरोना महामारीको चपेटामा परेको स्थितिमा समेत जेसीजले समाजमा सकरात्मक सूचना सम्प्रेषणका लागि असोज ११ गते आइतवार देखि १७ गते शनिबार सम्म विभिन्न कार्यक्रम सहित मनाउन लागको हो । कार्यक्रमअन्तर्गत पहिलो दिन रक्तदान रहेको छ । यस्तै पोखरामहानगमा उद्धार गरिएका बालबालिकालाई लक्षित गर्दै अन्नपुर्ण गाउँपालिका लेवाडेमा स्वास्थ्य तथा शैक्षिक सामग्री हस्तान्तरण गरिनेछ । विद्यार्थीलाई लक्ष्यित गर्दै कोरोना भाइरस सचेतना तथा सुरक्षा सामग्री हस्तान्तरण, महिला स्वास्थ्य सचेतना तथा सेनेटरी प्याड बनाउने तालिम खाद्य सामग्री तथा युवा लक्षित कार्यक्रम गर्न लागेको हो ।
शुक्रबार भर्चुअल पत्रकार सम्मेलनमार्फत् कार्यक्रम संयोजक मिनराज खड्काले जनाए अनुसार विभिन्न संघ संस्थाहरुको सहयोगमा कार्यक्रमको आयोजना गर्न लागिएको हो । पत्रकार सम्मेलनमा बोल्दै नेपाल पत्रकार महासघं कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले प्रतिकुल अवस्थामा समेत सामाजिक कार्यलाई आत्मसाथ गर्नु सह्रानीय कार्य रहेको बताए । जेसिज २०२० का अध्यक्ष शिवप्रसाद सापकोटाले वर्षभरकै उत्कृष्ट कार्य भएकाले कार्यक्रमलाई भव्य बनाउन सबैलाई सहयोग गर्न आग्रह गरे ।सप्ताहव्यापी कार्यक्रमका संयोजकमा मोहनप्रसाद अधिकारी, सुदीप सापकोटा, कपिल पौडेल, विनु श्रेष्ठ,पवित्रा अधिकारी, विनोद भुजेल, सन्तोष भण्डारी, सन्देश पराजुली र जिवन अधिकारी रहेका छन् ।





