बागलुङ, ११ असोज– बागलुङका बिभिन्न क्वारेन्टाईनमा रहेका ३१ जनासहित गण्डकी प्रदेशमा आईतवार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले जारी गरेको बिज्ञप्ती अनुसार गण्डकीका ४ जिल्लामा संक्रमित थपिएका हुन् । बागलुङ जैमिनी नगरपालिकामा २ जना काठेखोला गाउँपालिकामा १० जना बागलुङ नगरपालिकामा ५ जना र गलकोट नगरपालिकामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उनीहरु सबै बिदेशबाट आएर क्वारेन्टाईनमा बसेका हुन् । नवलपरासी पूर्वको कावासोतीमा २ जना र मध्यबिन्दुमा १ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै कास्कीको पोखरा महानगर पालिकामा २१ जना र लमजुङको मध्यनेपाल गाउँपालिकाका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पछिल्लो विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ४४ पुगेको छ । सबैको परीक्षण क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको हो । कास्कीको पोखरा महानगरपालिकाका–३ का २७ बर्षीय पुरुष र वार्ड नं १५ का ३८ बर्षीय पुरुष गरि २ जना नेपाल प्रहरीमा कार्यरत हुन् । वार्ड नं ३ का अन्य ७ जना तेर्सापट्टिमा निर्माणाधीन अपार्टमेन्ट निर्माणका लागि काम गर्ने कामदार हुन् । लमजुङको मध्यनेपाल–६ का ३५ बर्षीय पुरुष स्थानीय स्कुलका शिक्षक हुन् । उनीहरु सबैलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको छ ।





